खजुरा गाउँपालिकाले गर्‍यो राजपत्र प्रकाशित

खजुरा गाउँपालिकाले गर्‍यो राजपत्र प्रकाशित

नेपालगन्ज :  बाँकेको खजुरा गाउँपालिकाले जनप्रतिनिधि पाएको ११ महिनापछि पहिलो पटक राजपत्र प्रकाशिन गरेको छ । गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बुधबार राजपत्र सार्वजनिक गरेका हुन् ।

राजपत्रमा खजुरा गाउँपालिकाको आर्थिक ऐन २०७४, विनियोजन ऐन २०७४, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४, खजुरा गाउँपालिकाको सहकारी ऐन २०७४, कृषि व्यवसाय, प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४, खजुरा गाउँपालिकाको न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ समावेश गरिएको छ ।

राजपत्र सार्वजनिक गर्दै अध्यक्ष कक्षपतिले कार्यविधि तथा ऐनको अभावमा करिव एक वर्ष कार्यसम्पादनमा कठिनाइ भएको बताए । गाउँपालिकाबाट अन्य २२ वटा ऐन र नियमावली पारित भइसके पनि राजपत्रमा समावेश गरिएको छैन् । गाउँपालिकाले चाँडै अर्को राजपत्रमा समावेश गर्ने जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.