टिप्परले ठक्कर दिँदा महिलाको मृत्यु, आक्रोशित सर्वसाधारणद्वारा आगजनी

टिप्परले ठक्कर दिँदा महिलाको मृत्यु, आक्रोशित सर्वसाधारणद्वारा आगजनी

काठमाडौं : राजधानीको जडिबुटीमा टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ। ललितपुरस्थित बिएन्डबी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए।

बिएन्डबी अस्पतालले दुर्घटनामा गम्भीर घाइते भएकी अस्मिता भण्डारीलाई साढे १२ बजे मृत घोषणा गरेको उनले बताए। काभ्रे स्यामपाटीकी भण्डारी स्कुटरको पछाडि सवार थिइन्।

बुधबार बिहान साढे ११ बजे बा ४ ख ३५५८ नम्बरको टिप्परले बा ७० प ९३९९ न स्कुटरलाई ठक्कर दिँदा स्कुटर सडकमा लडेको थियो।

स्कुटर चालकको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। टिप्पर चालक पृथ्वीनारायण नापितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पहरी उपरीक्षक जोशीका अनुसार सिन्धुपाल्चोकबाट बालुवा लिएर आउँदै गरेको टिप्परलाई स्कुटरले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको थियो।

ठक्कर दिएपछि लडेको स्कुटरलाई ब्याक गरेर किचेको आरोपमा आक्रोशित सर्वसाधरणले टिप्परमा आगजनी गरेका छन्। बीएन्डबी अस्पताल इमर्जेन्सी विभागका अनुसार मृतक भण्डारीका पति अशेष भण्डारी भने खतरामुक्त छन्। उनको बीएन्डबी अस्पतालमै उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.