प्रचण्ड प्रतिक्रान्तिकारी कित्तामा पलायन भए : गोपाल किराँती

प्रचण्ड प्रतिक्रान्तिकारी कित्तामा पलायन भए : गोपाल किराँती

काठमाडौं : गोपाल किराँतीले नेकपा (माओवादी केन्द्र)को पुर्नगठन गरेको दाबी गरेका  छन् । किराँतीको अध्यक्षतामा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको पुर्नगठन गरिएको दाबी गरेका हुन् ।

किराँतीको  अध्यक्षतामा पुर्नगठन भएको भनिएको  माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको उपाध्यक्षमा भविश्वर पराजुली र तिलक थापा मगर, महासचिवमा कर्णजीत बुढाथोकी‘सुशील’ र सचिवमा राजन तिमिल्सिना छन् ।

७०१ सदस्यीय महाधिवेशन आयोजक समिति रहने बैठकले निर्णय गरेको छ ।  पुर्नगठित माओवादीमा केन्द्रका १७५  सदस्यीय पोलिब्यूरो र ४३ सदस्यीय केन्द्रीय सचिवालय रहने छ । प्रदेश १ मा तिलक थापा, प्रदेश २ मा राजन तिमिल्सिना,प्रदेश ४ र ५ मा भविश्वर पराजुली तथा प्रदेश ६ र ७ मा कर्णजीत बुढाथोकीलाई इन्चार्ज तोकिएको छ ।  बैठकले प्रदेश ३ मा केन्द्रीय कार्यालयलाई हेर्ने निर्णय गरेको छ ।

किराँतीको अध्यक्षताका बसेका बैठकले राष्ट्रियता, जनवाद र जनजिविकाको सवालमा विभिन्न निर्णय गरेको छ । भारतीय प्रधानमन्त्रीको भ्रमणमा नेपाली सुरक्षाकर्मीमाथि अपमान गरेको सरकारले माफी माग्नुपर्ने ठहर समेत पुर्नगठित माओवादी केन्द्रले गरेको छ । 

बैठकले नेपाल भारतको सिमानाका पर्खाल वा काँडेतार लगाउनु पर्ने, विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा फिर्ता गर्नु पर्ने, प्रदेशको नामाकरण गर्दा ऐतिहासिक एवं सामुदायिक पहिचानको आधारमा राख्नु पर्ने, भूकम्पपीडितलाई ५ लाख राहत दिनु पर्ने, चरम महंगीविरुद्ध राष्ट्रिय संकटकाल घोषणा गरी श्रमिक तथा गरिबलाई विशेष राहतको व्यवस्था गर्नु, सिमाना रक्षा तथा भ्रष्टाचार र महंगीविरुद्ध अभियान सञ्चालन गर्नु पर्ने, गणतन्त्र स्थापनामा ऐतिहासिक योगदान गर्ने सहिद परिवार तथा पूर्वजनमुक्ति सेनालाई प्रति व्यक्ति १० हजार गणतन्त्र भत्ता उपलब्ध गराउनु माग गर्नेलगायतका निर्णय गरेको छ ।

 बैठकले किराँतीद्वारा प्रस्तुत नेपाली क्रान्तिको कार्यक्रम शीर्षकको राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ । माक्र्सवाद–लेनिनवाद –माओवादीको रक्षा र विकासमा जोड दिने, पार्टी एकताको १३ बुँदे पत्रका आधारमा खोज अनुसन्धानद्वारा महाधिवेशनबाट समाजवादी क्रान्तिको राजनीतिक कार्यनीति संश्लेषण गर्ने, वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्तमा आधारित सशस्त्र विद्रोह र गणतन्त्र रक्षार्थ विद्यमान संवैधानिक व्यवस्थाको निर्वाचन उपभोगबीच समायोजनको फौजी कार्यदिशा अवलम्बन गर्ने, सर्वहारा वर्गको अग्रदस्ता सुदृढीकरणको लागि पार्टी प्रमुखसहित एक टोली सत्ता-सरकारमा नजाने यदि जानु परेमा पार्टी प्रमुखबाट राजीनामा दिएर जानु पर्ने,  क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण वृहत अभियान सञ्चालन गर्ने लगायतका राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

किराँतीको प्रतिवेदनमा पूँजीवादी गणतन्त्र स्थापनासम्म क्रान्तिकारी भूमिका खेलका प्रचण्ड त्यसपछि भने प्रति क्रान्तिकारी कित्तामा  पलायन भएको ठहर गरेकाे छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, 'नेकपा माओवादी केन्द्रलाई सहयोग गर्नुहोस, माओवादी निधनपछिको अन्तर्राष्ट्रिय कम्युनिस्ट अन्दोलन र प्रचण्डको पलायनपछि नेपाली कम्युनिस्ट आन्दोलनले उठाएका प्रश्नको जवाफ हामी खोजी निकाल्ने प्रतिज्ञा गर्दछौ ।' 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.