२०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले  गर्ने

२०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले  गर्ने

काठमाडौं : सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्तरुपमा गर्ने भएका छन् । फेडेरेसन अफ इन्टरनेसनल फुलबल एसोसियसन(फिफा)का सदस्यहबीच भएको मतदानमा बढी मत प्राप्त गरी  अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्तरुपमा विश्वकप आयोजना गर्ने भएका हुन् ।

फिफामा भएको मतदानमा  अमेरिका, क्यानाडा र मेक्सिको पक्षमा १३४ मत प्राप्त भएको छ भने मोरक्को पक्षमा ६५ मत प्राप्त भएको छ । २०२६ को विश्वकपमा ४८ टिमको सहभागिता रहनेछ भने ३४ दिनसम्म सञ्चालन हुने उक्त विश्वकपमा ८० खेल हुनेछन् । सन् १९७० र १९८६ मा मेक्सिकोमा तथा  १९९४ को विश्वकप अमेरिकामा आयोजना भएको थियो । एजेन्सी   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.