अलैंची निर्यातबारे योगेश भट्टराईले संसदमा बोलेका १२ बुँदा

अलैंची निर्यातबारे योगेश भट्टराईले संसदमा बोलेका १२ बुँदा

काठमाडौं : नेपालको मुख्य निकासीजन्य नगदेबाली अलैंचीको बजार खोज्न ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार संसदको विशेष समयमा बोल्दै भट्टराईले प्रधानमन्त्रीको आशन्न चीन भ्रमणमा यो विषयलाई प्राथमिकताका साथ समेट्नुपर्ने माग गरेका छन् । 

‘ताप्लेजुङ लगायत देशका ४७ जिल्लामा उत्पादित अलैचीको उत्पादन र मुल्य घटिरहेका बेला यसमा सरकार गम्भीर हुनुपर्छ,’ भट्टराईले भने । उनले बंगलादेशलाई नेपालको अलैंची निर्यातमा भन्सार छुटका लागि पहल गर्न पनि आग्रह गरेका छन् । एक सय आठ वटा वस्तुमा भन्सार छुट दिइरहेको बंगलादेशले अलैंचीमा पनि छुट दिए नेपाली किसानलाई राहत हुने भट्टराईले माग गरे ।

 नेपालबाट निर्यात हुने मुख्य नगदेबाली अलैचीका सम्बन्धमा प्रतिनिधिसभाको जेठ २८ गतेको बैठकमा विशेष समयमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती सदस्य एवं संसद  भट्टराईले संसदमा गरेको सम्बोधन यस प्रकार छ । 

१. ताप्लेजुङ लगायत हाल ४७ जिल्लामा अलैंचीको व्यवसायिक खेती हुने गरेको छ । कुल उत्पादनको ५० प्रतिशतभन्दा बढी उत्पादन एउटै ताप्लेजुङ जिल्लामा हुने गरेको छ । 

२.  १४ हजार ८७५ हेक्टर जमीनबाट देशभरी ५५ सय मेट्रिक टन अलैची उत्पादन हुन्छ । यो तथ्याङ्क अघिल्लो सालकोभन्दा ५ सय बढेर ६ हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । जबकी सन् २००७ मा झण्डै १० हजार मेट्रिक टनसम्म अलैंची उत्पादन भएको थियो । सही नीतिको अभावका कारण यसको उत्पादनमा ठूलोमात्रामा हस आएको छ । 

३.  उत्पादनमध्ये करिब १ प्रतिशतमात्र देशभित्र खपत हुन्छ भने बाँकी ९९ प्रतिशत विदेश निकासी हुने गरेको छ । आजको बाजर मुल्यमा झण्डै १० अर्व बराबरको अलैंची विदेशी बजारमा निकासी हुने गरेको छ ।

४.  नेपालमा हाल अलैंची खेतीमा १ लाख परिवार आवद्ध रहेका छन् । यसबाट पूर्णकालीन र आंशिक गरेर लाखौँ मानिस रोजगार भएका छन् ।

५.  २०७०/७१ मा अलैंची प्रति मन १ लाख २० हजार पुगेकोमा हाल मुल्य घटेर ३० हजारको हाराहारीमा रहेको छ ।

६.  अहिलेसम्म अलैंचीको निकासी मुलतः भारतीय बजारमा मात्र छ भने चीनलगायत अन्य मुलुकमा सामान्य रुपमा निकासी भएको अवस्था छ ।

७. भारतीय बजारमा पुगेको अलैँचीमध्ये ५० प्रतिशत भारतीय बजारमा उपयोग हुन्छ भने बाँकी ५०प्रतिशत त्यही अलँैची भारतीय व्यापारी मार्फत बंगलादेश, पाकिस्तान र खाडी मूलुकमा निकासी हुने गरेको छ । यसबाट भारतीय व्यापारीले अध्याधिक फाइदा लिइरहेका छन् । 

८.  भारत र भुटान हुँदै ठूलोमात्रामा अलैची बंगलादेश जाने गरेको छ । त्यहाँबाट जाने अलैचीमा भन्सार छुट हुने गरेको छ । 

९.  नेपालीबाट सवैभन्दा बढी निर्यात हुने बस्तु अलैची भएकाले र दक्षिण एसियामा यसको मुख्यबजार बंगलादेश भएकाले नेपाल सरकारले अलैँचीलाई बंगलादेशको बजारमा सोझै पु¥याउने प्रबन्ध गर्नु पर्दछ । नेपालबाट बंगालादेशमा जाने १०८ बटा बस्तुमा भन्सार छुट रहेको सन्दर्भमा अलैँचीमा समेत यो व्यवस्था लागु गरेमा नेपालीले फाइदा पाउने छन् । 

१०. अलैंचीको अर्को ठूलो बजार खाडी मूलुक हुन । नेपाली अलैँचीलाई सिधैं खाडी मुलुकसम्म पुर्‍याउन सरकारले उचित प्रबन्ध गर्नु पर्दछ । 

११.  चीन अलैचीको अर्को विशालबजार हो । तसर्थ प्रधानमन्त्री केपी शर्मा ओली आसन्न चीन भ्रमणका अवसरमा अलैंची निर्यातलाई मुख्य एजेण्डा बनाउन सरकारको गम्भीर ध्यानकर्षण गर्दछु । 

१२. अलैँची उत्पादनलाई विशेष प्रोत्साहन गर्न कृषकलाई प्राविधिक, वित्तीयलगायत अन्य आवश्यक क्षेत्रमा सहयोग गर्ने, विशाल भण्डारन केन्द्र निर्माण गर्ने, प्रशोधन केन्द्र निर्माण गर्ने साथै बजारको सुनिश्चितता गर्ने हो भने अलैँचीले नेपालको वैदेशिक व्यापार घाटा सन्तुलन गर्न ठूलो योगदान पुर्‍याउने निश्चित छ ।

अलैंची विकास वोर्ड गठन गरी दीर्घकालीन योजनाका साथ काम गर्न सभामुख मार्फत म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु । साथै सबैभन्दा बढी अलैँची उत्पादन र निर्यात गर्ने ताप्लेजुङ्ग जिल्लालाई अलैचीको सुपर जोन घोषणा गर्न समेत माग गर्दछु । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.