जनप्रतिनिधि–कर्मचारीबीच मर्यादाक्रम विवाद

जनप्रतिनिधि–कर्मचारीबीच मर्यादाक्रम विवाद

काठमाडौं : सरकारले केही समयअघि लागू गरेको मर्यादाक्रमका विषयमा जनप्रतिनिधि र कर्मचारीबीच विवाद देखिएको छ । नगरपालिका, गाउँपालिका तथा प्रदेशका मन्त्रालय र निकायमा जनप्रतिनिधि र कर्मचारीबीच मर्यादाक्रममा विवाद बढेपछि सरकारले मर्यादाक्रम संशोधनको गृहकार्य थालेको हो ।

शेरबहादुुर देउवा नेतृत्वको तत्कालीन सरकारले अघिल्लो वर्षको २६ माघदेखि राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वको मर्यादाक्रम लागू गरेको थियो । सो मर्यादाक्रमले आफूहरूको अपमान गरेको जनप्रतिनिधिले गुुनासो गर्दै आएका छन् ।

केही दिनअघि दाङको घोराही उपमहानगरपालिकाका कार्यकारी अधिकृत चक्रपाणी पाण्डेले उपमेयरभन्दा अगाडि आफू रहने भन्दै कार्यक्रममै विवाद गरेका थिए । सरकारले लागू गरेको मर्यादाक्रममा उपमहानगरपालिकाका कार्यकारी अधिकृतका रूपमा रहने सहसचिव उपमेयरभन्दा माथि पर्छन् । यस्तै, अन्य कतिपय पदमा पनि जनप्रतिनिधिभन्दा कर्मचारी मर्यादाक्रममा माथि राखिएपछि समस्या हुँुदै आएको छ ।

मर्यादाक्रममा महानगरपालिकाका मेयरलाई प्रमुुख प्रशासकीय अधिकृतका रूपमा रहने सरकारको सचिवभन्दा पछि राखिएको छ । विश्वका प्रायः सबै देशमा महानगरपालिकाका मेयरलाई सचिवभन्दा माथि राखिने प्रचलन छ । नेपालमा भने त्यसको उल्टो भएकाले समस्या भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुुरेश अधिकारीले कर्मचारीभन्दा जनप्रतिनिधि नै मर्यादाक्रममा माथि रहने गरी मर्यादाक्रममा संशोधन आवश्यक रहेको बताए ।

मर्यादाक्रममा भएका गल्ती र समस्याबारे मन्त्रिपरिषद्मा छलफल थालिएको छ, छिट्ट संशोधन गरिनेछ ः लालबाबु पण्डित, संघीय मामिलामन्त्री

मर्यादाक्रममा प्रदेश सरकारका राज्यमन्त्री, प्रदेशका उपसभामुुख, उच्च अदालतका न्यायधीश, प्रदेश लोकसेवा आयोगका अध्यक्षलगायतलाई समेत सचिवका रूपमा रहने कर्मचारीभन्दा तल राखिएको छ । यी सबै विषयमा संशोधन जरुरी रहेको संघीय मामिला मन्त्रालयका प्रवक्ता अधिकारीले बताए । अधिकारीका अनुुसार विभिन्न जिल्लाका जनप्रतिनिधिले मन्त्रालयमा आएर मर्यादाक्रममा आफूहरूलाई अन्याय गरिएको भन्दै गुुनासो गर्ने क्रम पछिल्लो दिनमा बढेको छ ।

अघिल्लो सरकारले हचुुवाका आधारमा मर्यादाक्रम निर्धारण गरेको भन्दै जनप्रतिनिधिले संघीय मामिलामन्त्री लालबाबुु पण्डितसँग गुुनासो गर्दै सच्याउन माग गर्ने गरेका छन् । संघीय मामिलामन्त्री पण्डितले मर्यादाक्रममा भएका त्रुटिबारे मन्त्रिपरिषद्मा छलफल थालिएको जानकारी दिए । ‘मर्यादाक्रममा भएका गल्ती र समस्याबारे मन्त्रिपरिषद्मा छलफल थालिएको छ, सम्भवतः छिट्टै संशोधन गरिनेछ’, मन्त्री पण्डितले भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.