गुड्दागुड्दै अटोरिक्सामा आगलागी

गुड्दागुड्दै अटोरिक्सामा आगलागी

गौशाला :  महोत्तरी जिल्लाको गौशाला नगरपालिका क्षेत्रमा बुधबार साँझ गुड्दागुड्दै एउटा अटोरिक्सामा आगलागी हुँदा चार लाख रुपैयाँ भन्दा बढी मुल्य बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार बुधबार अबेर साँझ गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ गाउँको हनुमानचोक नजिकै पूर्व पश्चिम राजमार्गबाट दक्षिणतर्फ आउँदै गरेको एउटा अटोरिक्सा गुड्दागुड्दै अचानक आफैँ आगलागी भएको थियो।

अटोरिक्सामा मेशिनको गडबडी भएर गुडिरहेकै अवस्थामा आफँै आगलागी भएको र आगलागीबाट सो अटोरिक्सा पूर्ण जलेर रु चार लाख ४५ हजार मूल्यको क्षति भएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो।

सो अटोरिक्सामा आगलागी हुँदा त्यसमा सवार चालकसहित सबै यात्रु हतारहतार ओर्लिन सफल भएका र एकछिनमै हेर्दाहेर्दै पूरै अटोरिक्सा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.