सरकार–राजपा बाक्लियो वार्ता

सरकार–राजपा बाक्लियो वार्ता

काठमाडौं : प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले पछिल्लो समय राष्ट्रिय जनता पार्टी (राजपा)का शीर्ष नेतासँग बाक्लो भेटघाट गरिरहेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि सरकारमा राजपाको सहभागिताका लागि लागिपरेको स्रोत बताउँछ ।

ओली र दाहाल सरकारलाई गैरकांग्रेसी सत्तामा रूपान्तरण गर्ने उद्देश्यका साथ गृहकार्यमा लागिपरेको नेकपाका एक नेताले अन्नपूर्णसँग बताए । ‘वर्तमान सरकारलाई गैरकांग्रेसी गराउने उद्देश्यका साथ ओलीको गृहकार्य निष्कर्षतिर पुग्दै छ’, उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणअघि वा फर्केलगत्तै त्यसले मूर्त रूप पाउनेछ ।’

राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र महतोको गृहकार्यमा प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष महन्थ ठाकुरसँग केही दिनयता छलफललाई तीव्रता दिएका छन् । मधेसी दलसँग निकट रहँदै आएका नेकपाका अध्यक्ष दाहालले पनि ठाकुर, महतो र शरत्सिंह भण्डारीसँग पटकपटक भेट गरिरहेको स्रोतले जानकारी दिएको छ । ‘सांसद रेशम चौधरीलाई शपथको अवसर नदिनु र संविधान संशोधनको दिशा निर्धारण नगरेका कारण राजपा सरकारमा नगएको हो’, पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले भने ।

त्यसैले यस्ता विषयको सहमतिको साँचो सरकारको हातमा भएकाले सासंद चौधरीको रिहाइ र संविधान संशोधनको सयमसीमा किटान हुनैपर्ने राजपाका महामन्त्री केशव झाको भनाइ छ । राजपाले सरकारमा सहभागिता, सरकारलाई दिँदै आएको समर्थनलगायत विषयमा असार ४ गतेदेखि हुने राजनीतिक समितिको बैठकमार्फत निर्धारण गर्ने उनले जानकारी दिए । पार्टी अध्यक्ष ठाकुरसँगको भेटमा ओलीको भनाइ उद्धृत गर्दै राजपाका एक नेताले भने, ‘ठाकुरजी तपाईं र हामीबीच पहिलो पटक म प्रधानमन्त्री हुँदा पनि धेरै कुरा भएको हो । त्यतिखेर हामीबीचको सहमति विभिन्न कारणले कार्यान्वयन हुन सकेन । यसपटक त्यस्तो हुँदैन ।’

प्रतिनिधिसभामा कुल संख्या —२७५

नेकपा —१७४

संघीय समाजवादी फोरम नेपाल —१६

राजपा —१७

कुल —२०७,

राजपा सत्तामा सहभागी हुँदा प्रतिनिधिसभामा ७५ प्रतिशत सत्तापक्ष


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.