बसको छतबाट खसेर सहचालकको मृत्यु
विराटनगर : विराटनगर-८ स्थित हाटखोला बसपार्कमा बसको छतबाट खसेर बिहीबार बिहान सहचालकको मृत्यु भएको छ। को १ ख २१०३ नम्बरको बसका सहचालक मोरङको ग्रामथान गाउँपालिका ७ का २५ वर्षीय साजन ऋषिदेवको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बताए।
बासपार्कमा पार्किङ गरेर राखेको विराटनगर-आमबाडी सडक खण्डमा संचालनमा रहेको बसको छतबाट सुतेका बेला बुधबार राति खसेर ऋषिदेव गम्भीर घाइते भएका थिए। घाइते उनका उपचारका क्रममा बिहीबार बिहान कोसी अञ्चल अस्पताल विराटनगरमा मृत्यु भएको थापाले बताए।