किरियापुत्री बसेका छोरीहरुलाई निःशुल्क शिक्षा

किरियापुत्री बसेका छोरीहरुलाई निःशुल्क शिक्षा

अच्युतम सापकोटा

 सर्लाही : आफ्नो बुुवाको निधनमा किरियापुत्री बसेका सर्लाही हरिवन ९ दनुवारीका तीन दिदीबहिनीलाई नगरपालिकाले स्नातक तह सम्म निःशुल्क शिक्षा दिने भएको छ। गत जेष्ठ २६ गते अचानक ४२ वर्षीय बुवा उत्तम पौडेलको निधन भएपछि उनका तीन छोरीहरु जेठी शिक्षा पौडेल र माइली सुरक्षा पौडेल किरीयापुत्री बसेका छन् । त्यस्तै कान्छी विद्या पौडेल किरीयापुत्री बसेका दिदीहरुलाई सघाउन बसेकी छिन् । छोराले मात्रै आफ्नो आमाबुवाको काजक्रिया गर्नु पर्छ भन्ने संस्कारलाई तोड्दै समाजमा उदाहरणीय काम गरेको भन्दै उनीहरुप्रति सम्मान प्रकट गरेको हरिवन नगरपालिकाले जनाएको छ।

बुवाको किरियापुत्री बसेको थाहा पाए पछि सामाजिक अभियन्ताहरुसहित उनीहरुलाई भेट्न पुग्नु भएका हरिवन गरपालिकाका मेयर गणेश प्रसाईले उनीहरुको साहसिक कार्यको प्रसंशा गर्दै स्नातक तहसम्म निःशुल्क पढाउने घोषणा गरेका हुन्।

‘छोराछोरीमा विभेद भएकै कारण हाम्रो समाज पछि परेको हो । छोराले गर्ने काम छोरीले पनि गर्न सक्छन् भन्ने उदारणीय काम गर्ने तीनै दिदीबहिनीलाई हामी उच्च सम्मान गर्छौ’ मेयर प्रसाईले भने । अहिले शिक्षा र सुरक्षा कक्षा १२ को परीक्षा दिएर बसेका छन् भने कान्छी विद्या जतुर्भुजेश्वर मावि हरिवनमा कक्षा १० मा पढ्दै छिन्।

छोरीले बुवाको किरियापुत्री बसेको यो पहिलो घटना नभए पनि सर्लाही जस्तो छोरा र छोरीबीच उच्च भेदभाव भएको ठाउँमा भने शिक्षा, सुरक्षा र विद्याको साहसलाई उदाहरणको रुपमा लिँदै उनीहरु जस्तालाई सम्मान गर्नु पर्ने सामाजिक अभियन्ता चुडामणि वाग्लेले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.