दाङको गढवामा प्रहरी-स्थानीय झडप, दुवैतर्फ केही घाइते
दाङः दाङमा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले दुई सेल अश्रुग्यास प्रयोग गरिएको छ । इलाका प्रहरी कार्यालय गढवामा बालविबाह र शरीर जलाइएको विषयमा लिइएको मुद्दा दर्ताको विषयमा प्रहरी र स्थानीयबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले दुई सेल अश्रु ग्यास हानेको छ । भडपमा तीन प्रहरी र केही स्थाननीयबासी घाइते भएका छन् ।
५ महिना अघि बालबिबाह गरेको एक यादव समुदायमा कलह हुँदा केटीले केटालाई शरीरमा आगो लगाएपछि इलाका प्रहरी कार्यालय गढवामा मद्दा दर्ता गराउन पीडित पक्ष आएको थियो ।
तर प्रहरीले मुद्दा पीडिक अनुकूल दर्ता गरिदिएको भन्दै स्थानीयहरु आन्दोलित भएको बताएका छन् । आन्दोलनका क्रममा तनाव बढेपछि प्रहरीसँग झडप भएको स्थानीयहरुले वताए ।