करेन्ट लागेर कामदारको मृत्यु
विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका १ स्थित आरती स्ट्रिप्स प्रालिमा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । उद्योगका कामदार भारतीय नागरिक २३ वर्षीय रन्जनकुमारको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।
भारत सितामढी गंगबाराबुजुर ५ घर भएका रन्जनलाई बिहीबार राति १० बजे उद्योगको मेसिन चलाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा नोवेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको एसपी केसीले बताए ।