नमस्ते झरनामा ढुंगाले लागेर युवाको ज्यान गयो
इटहरी: पूर्वको लोकप्रिय पर्यटकीय स्थान धनकुटाको नमस्ते झरनामा नुहाउने क्रममा शुक्रबा एक युवाको ज्यान गएको छ । प्रहरी स्रोतका अनुसार नुहाउने क्रममा माथिल्लो पहाडबाट खसेर ढुंगाले लागेर ज्यान गुमाउने युवा इटहरी-९ का विक्रम तामाङ रहेका छन् ।
शुक्रबार दिउँसो नुहाउने क्रममा उनलाई पहाडको माथिल्लो भागबाट झरेको ढुंगाले लागेको थियो । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै ज्यान गएको नमस्ते झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप लिम्बुले जानकारी दिए ।
उनका अनुसार झरनामा सिजनमा दैनिक ५ सयसम्म पर्यटक आउने गरेका थिए । उक्त झरनामा भारतीयहरूको चाप बढी थियो ।
यो घटनापछि व्यवस्थापन समितिले झरना अवलोकनमा जान तत्काललाई रोक लगाएको छ । शनिबार धनकुटाको स्थानीय प्रशासन, गाउँपालिकाका पदाधिकारी र सुरक्षानिकायबाट निरीक्षणपछि मात्र थप निर्णय लिइने लिम्बूले बताए ।