आमाछोरी जल्दाजल्दै उद्धार

आमाछोरी जल्दाजल्दै उद्धार

वीरगन्ज : पर्साको धोबिनी गाउँपालिका–३ हरिहरपुरमा एक महिला र उनकी तीन महिने छोरीलाई जल्दै गरेको अवस्थामा उद्धार गरिएको छ ।

स्थानीय सन्जयकुमार साहकी पत्नी सन्जु देवी र उनकी तीन महिनाकी छोरीलाई शुक्रबार बिहान आफ्नै घरबाट आगोले जल्दै गरेको अवस्थामा छिमेकीले उद्धार गरेका हुन् ।

उद्धार गरिएका आमाछोरी दुवैको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको थियो । यहाँ उपचार हुन नसकेपछि आमाछोरी दुवैलाई शुक्रबारै काठमाडौं लगिएको छ ।

उनीहरूको काठमाडौं कीर्तिपुरमा रहेको बर्निङ सेन्टरमा उपचार भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

लिम्बुका अनुसार सन्जु देवीको घाँटीमा धारिलो वस्तुले काटेको सामान्य घाउ देखिनुका साथै उनको छाती, गाला र दुवै हातमा आगोले पोलेको छ । उनकी छोरीको पनि घाँटीमा ब्लेडले चिरेको घाउका साथै दाहिने हातमा पोलेको घाउ छ । आमाभन्दा छोरीको अवस्था बढी गम्भीर रहेको प्रहरी नायब उपरीक्षक लिम्बूले बताए ।

घाइते सन्जु देवीले घरायसी विवादमा ससुरा लक्ष्मीप्रसाद साहले आफ्नो र छोरीको जीउमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लगाएकी छन् ।

प्रारम्भिक बयानमा उनले ससुराले आफू र छोरीलाई कुटपिट गर्दै जीउमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको भनेर आरोप लगाएको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए ।

म आफनो विस्तारामा सुतिरहेका बेला शुक्रबार बिहान तीन चार बजे तिर अचानक आएका ससुराले कुटपिट गर्दै मेरो र छोरीको जीउमा आगो लगाएर मार्ने प्रयास गरेका हुन् , घाइते महिला सन्जु देवीको भनाइ उधृत गर्दै प्रहरी नायव उपरिक्षक लिम्बुले भने ।

सन्जुका सासुससुरा र देवरले भने उनले आफैले तीन महिनाकी छोरीको र आफ्नो जीउमा आगो लगाएर आत्महत्या प्रयास गरेको बताएका छन् ।

सन्जु देवीले जीउमा आगो लगाउनुभन्दा पहिले छोरीको घाँटीमा ब्लेडले काटेर घाउ बनाएको ससुरा लक्ष्मीप्रसाद साहले बताए ।

प्रहरीले घटनाको अनुसन्धानका लागि सन्जु देवीका ससुरा र देवरलाई नियन्त्रणमा लिएको छ । ‘आमाछोरीको जीउमा धारिलो हतियारले काट्ने र आगो लगाउने काम कसले गर्‍यो, त्यो अहिलेसम्म खुलिसकेको छैन’, प्रहरी नायब उपरीक्षक लिम्बूले भने, ‘ससुरा र देवरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

सन्जु देवीका पति सन्जय नेपाल प्रहरीका जवान हुन् । उनी अहिले काभ्रेमा कार्यरत छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.