कालोपट्टी बाँधेर इदको नवाज !

कालोपट्टी बाँधेर इदको नवाज !

विराटनगर : मुस्लिम समुदायको महान पर्वको दिन गर्दै आएको सार्वजनिक विदा कटौती गरेको विरोधमा विराटनगरका मुस्लिम धर्मालम्बीले हातमा कालोपट्टी बाँधेर इदउल फित्र मनाएका छन्।

उनीहरुले इदउल फित्रका दिन दिँदै आएको विदा कटौती गरेको विरोधमा कालोपट्टी बाँधेर नवाज समेत पढेका छन्।  विश्व शान्तिको कामना गर्दै   मुस्लिम धर्मावलम्बीले हर्षोल्लासका साथ इदउल फित्र मनाएका बेला प्रदेश नम्बर १ का इस्लाम अगुवाहरुले इदको बिदा कटौती गरेर सरकारले मुस्लिम समुदायको धार्मिक पहचान समाप्त गर्न लागेको भन्दै  असन्तृष्टि व्यक्त गरेका थिए।

मुस्लिम अगुवाहरुले मुस्लिम समुदायको महान पर्वहरु इद, वकरईद, इजरत पैगम्बर मुहम्मद साहवको जन्म जयन्ती  र इस्लामिक नया“ वर्ष ‘मोहरम पर्व‘को अवसरमा सार्वजनिक विदा दिर्नु पर्ने माग गर्दे चरणबद्ध संघर्ष गर्दे आएका छन्।     

यसअघि नेपाल सरकारले इद, वकरईद, इजरत पैगम्बर मुहम्मद साहवको जन्म जयन्ती अवसरमा सार्वजनिक विदा दिंदै आएको थियो। तर, वाम गठबन्धनको सरकारले केही महिनाअघि मुस्लिम समुदायको पर्वको अवसरमा दिदै आएको सवै सार्वजनिक विदा कटौती गरिएको थियो। 

 मोरङ मुस्लिम समाजका अध्यक्ष शाहब खहमद (गुडु)ले धर्मनिरपेक्ष मुलुकमा मुस्लिम प्रति विभेद भएको बताउँदै भने,‘हामीले यसको विरोधस्वरुप हातमा कालोपट्टी बाँधेर प्रार्थना गरेका हौं।’उनले सरकारले मुस्लिमकोे धर्म र पहिचानलाई समाप्त गर्ने लागेकाले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए। 
मुस्लिम अगुवा जफर अहमद जमालीले  मुस्लिम समुदायको धर्म र पहचानलाई वाम सरकारले मेटाउन सार्वजनिक विदा कटौती गरेको आरोप लगाए। आजको दिन भाइचारा बढाउन र विश्वशान्तिको कामना गर्ने दिनमा मुस्लिम समुदायले आफ्नो पहिचान स्थापित गर्न कालोपट्टी बाँध्नु दुर्भाग्य भएको उनको कथन रहेको थियो।   

विदा कटौती गरेको भन्दै पूर्वका  मुस्लिम अगुवाहरुले निरन्तर रमजानको समयमा संघर्ष गर्दे आएका छन्।  नेपालमा कूल जनसंख्याको चार प्रतिशतभन्दा बढी मुस्लिम समुदायको बसोबास भएको बतायन्छ।   इदरउल फित्रका अवसरमा इदगाहमा जम्मा भएर सामूहिक नमाज पढ्दाा सबैले हातमा कालोपट्टी बाधेका थिएँ।  

एक महिनासम्म दिनभरि कठोर उपवास व्रत (रोजा) बसी पाँच पटक नमाज पाठ गरेर मनाउँदै आएका छन्। शुक्रबार साँझ चन्द्रमा (चाँद) देखेपछि रोजा समाप्तीको खुशियालीमा शनिवार   इद उल फित्र मनाएका छन्। जुन तीन दिनसम्म चल्ने गरेको अगुवाले बताएका छन्।  मस्जिद तथा इदगाहमा मुीस्लम धर्मालम्बीहरुले जम्मा भएर नवाज पाठ गरी बधाई, शुभकामना आदनप्रदान गरी एकापसमा गला मिलाएर खुशियालीसँग यो पर्व मनाएका हुन्। नेपालसहित एसियाली मुलुकका इस्लाम धर्मावलम्बीहरूले शनिबार इद उल फित्र मनाउँदै छन । अरबी पात्रो हिजरीको ‘रमजानुल मुबारक’ महिनाभरि रोजा बसेपछि यो पर्व मनाइन्छ।  

इदको दिन बिहान नुहाइधुवाइ गरी सफा, नयाँ कपडासहित बास्नादार अत्तर लगाएर इदको नमाज अदा गर्न इदगाह वा मस्जिद जान्छन्। इदगाह (खुला स्थान) वा मस्जिदमा भेला भएर समूहमा नमाज पढेपछि एकआपसमा गला मिलाएर इद मुबारक भन्दै शुभकामना आदानप्रदान गरिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.