फ्रान्ससँग अस्ट्रेलिया २-१ ले पराजित

फ्रान्ससँग अस्ट्रेलिया २-१ ले पराजित

मस्को : पहिलो हाफ गोलरहित बराबरीमा सकिएको फ्रान्स र अस्ट्रेलियाको खेल दोस्रो हाफमा रोचक बनेको छ। रुस विश्वकपअन्तर्गत उपाधिको दाबेदार मानिएको फ्रान्सले अस्टेलियलाई २-१ ले पराजित गरेको छ। 

फ्रान्सको जितका लागि ग्रिजम्यानले पेनाल्टी गोल गरे भने पोग्बाले दोस्रो गोल गरे। पेनाल्टीबाट पहिलो गोल गरेको फ्रान्सले ८१ औँं मिनेटमा दोस्रो गोल गरेको हो। दोस्रो गोल फ्रान्सका लागि पल पोग्बाले गरे।  त्यसअघि खेलको ५८ मिनेटमा भिडियो असिस्टेन रेफ्रीले पेनाल्टी दिएपछि फ्रान्सले १-० ले अग्रता लिएको थियो। 

यद्यपी दुई मिनेट बित्न नपाउँदै अष्ट्रेलियाले पेनाल्टी पाएपछि खेल बराबरीमा भएको थियो। फ्रान्सले पाएको पेनाल्टीलाई ग्रिजम्यानले जाली चुमाएका थिए। बलियो फ्रान्सविरुद्धको यो खेल अस्ट्रेलियाका लागि परीक्षा मानिएको थियो। शक्तिशाली फ्रान्ससँग अस्ट्रेलिया कमजोर सावित भएको छ। 

फ्रान्सले पेनाल्टी पाएको दुई मिनेटपछि खेलको ६१ मिनेटमा अस्ट्रेलियाले पाएको पेनाल्टीलाई कप्तान जेडिनाकले जाली चुमाएका थिए। यद्यपी पोग्बाको गोलसँगै फ्रान्स २-१ ले विजयी भएको हो। 

यसअघि यी दुई टोलीले आधिकारिक प्रतियोगितामा भने एकपटक मात्रै प्रतिस्पर्धा गरेका थिए । सन् २००१ को कन्फिडेरेसन कपअन्तर्गत भएको खेलमा अस्ट्रेलिया फ्रान्ससँग १-० ले पराजित भएको थियो । सबै खाले प्रतियोगितामा गरी हालसम्म चारपटक प्रतिस्पर्धा गर्दा फ्रान्सले दुई तथा अस्ट्रेलियाले एकपटक जित हात पारेका थिए। एक खेल बराबरीमा रोकिएका थिए ।

त्यसयता रुस विश्वकपको तयारीस्वरूप खेलिएको खेलमा भने दुवै टोलीको प्रदर्शन लगभग उस्तै थियो । फ्रान्सले रुस विश्वकप छनोट पक्का गरेपछि खेलेका सातमध्ये मात्र एक खेलमा पराजय बेहोरेको थियो । चार खेलमा जित हात पार्दा दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । अस्ट्रेलियाले पनि रुस विश्वकप छनोटपछि खेलेका चारमध्ये मात्र एक खेलमा पराजय बेहोरेको थियो । दुई खेलमा जित हात पार्दा एक खेलमा बराबरी खेलेको थियो ।

हेड टु हेड

कुल खेल : ४

फ्रान्स विजयी : २

अस्ट्रेलिया विजयी : १

बराबरी : १

फ्रान्स

विश्वकप सहभागिता : १५औं पटक

उपलब्धि : उपाधि (१९९८)

फिफा वरीयता : ७

अस्ट्रेलिया

विश्वकप सहभागिता : पाचौंपटक

उपलब्धि : प्रिक्वार्टरफाइनल (२००६)

फिफा वरीयता : ३६ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.