मेसीको टिम अर्जेन्टिना र आइसल्याण्डको खेल सुरु

मेसीको टिम अर्जेन्टिना र आइसल्याण्डको खेल सुरु

मस्को : विश्वकप फुटबलमा छानिएकामध्ये सबैभन्दा सानो देश (जनसंख्याको हिसाबले) आइसल्यान्ड लियोनल मेसी र उनी नेतृत्वको अर्जेन्टिनाको खेल सुरु भएको छ । 

आइसल्यान्ड त्यही टोली हो, जसले दुई वर्षअघि आफ्नो ‘डेब्यु’ प्रतियोगिता युरोकपमा सनसनीपूर्ण प्रदर्शन गरेको थियो । समूहगत चरणको पहिलो खेलमै पोर्चुगललाई १–१ को बराबरीमा रोकेको आइसल्यान्डले प्रिक्वार्टरफाइनलमा त इङ्ल्यान्डलाई नै पराजित गरेको थियो ।

त्यसपछिको पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा रुस विश्वकपको तयारीमा जुटेको आइसल्यान्डले अर्जेन्टिनाविरुद्ध अप्रत्याशित नतिजा निकाल्न सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन । त्यो नतिजाले विश्वकपको उपाधि जित्दै पछिल्लो पुस्ताका महान् फुटबलरका रूपमा दर्ज हुने लियोनल मेसीको अन्तिम प्रयासमाथि पनि ठूलो धक्का दिन सक्छ ।

क्लब फुटबलमा बार्सिलोनाबाट कुनै पनि कीर्तिमान आफ्नो नाममा ल्याउन बाँकी नछोडेका मेसी उमेर र राष्ट्रिय टोलीबाट निरन्तरको असफलताका कारण सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दैछन् । 

ब्राजिलमा भएको गत २०औं विश्वकपमा उनले नै अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याएका थिए । तर, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित मेसीले देशलाई उपाधि भने दिलाउन सकेनन् । अर्जेन्टिना फाइनलमा जर्मनीसँग १–० गोलले पराजित भएको थियो ।

त्यसपछि भएको कोपा अमेरिकी फुटबलको फाइनलमा समेत चिलीसँग पराजित हुँदै उपाधिबाट फेरि वञ्चित हुँदा मेसीले सन्न्यासकै घोषणा गरेका थिए । उनी सन्न्यासको निर्णय फिर्ता लिँदै फेरि राष्ट्रिय टोलीमा फर्किएका हुन् । फेरि पनि आफ्नै अविश्वसनीय प्रदर्शनसँगै उनले अर्जेन्टिनालाई रुस विश्वकपसम्म पुर्‍याएका छन् । 

यद्यपि अर्जेन्टिना यसपटक पनि उपाधिबाट चुकेमा राष्ट्रिय टोलीबाट मेसीको खेलजीवन उपाधिविहीन रहने निश्चित छ।

विश्वकपको उपाधि जित्ने मेसीको अन्तिम प्रयासले सहज बाटो लिन्छ वा आइसल्यान्डले युरोकपको सनसनीपूर्ण प्रदर्शनलाई दोहोर्‍याउँदै मेसीलाई निराश पार्नेछ, यही खेलले टुंगो लगाउनेछ । त्यसका लागि यी दुई टोलीले विश्वकपको तयारीस्वरूप खेलेका पछिल्ला खेलको नतिजा पनि महत्वपूर्ण हुनेछ । अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेपछि खेलेको पछिल्ला पाँचमध्ये केवल तीन खेलमा जित हात पारेको छ ।

अर्जेन्टिना आफ्नो पछिल्लो दुई खेलमध्ये नाइजेरियासँग ४–२ र स्पेनसँग ६–१ गोलको भारी अन्तरले पराजित भएको थियो । यी दुई खेलले अर्जेन्टिनी टोलीको रक्षापंक्तिको कमजोरी उजागर गरिदिएको छ । विश्वकपमा छनोट भएयता आइसल्यान्डको प्रदर्शन पनि खासै गतिलो छैन । 

आइसल्यान्डले रुस विश्वकप छनोट पक्का गरेपछि खेलिएको पछिल्ला सातमध्ये केवल एक खेलमा जित हात पारेको छ । यी दुई टोलीबीच भने यसअघि कुनै पनि प्रतियोगितामा भेट भएको थिएन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.