इद सामुहिक विशेष नमाजमा हजारौंको सहभागिता (फोटो फिचर)
बाँकेका मुस्लिम समुदायले नेपालगन्जको वीपी चोकस्थित इदगाहमा सामूहिक रुपमा विशेष नमाज पढेर इद उल फित्र (इद) मनाएका छन् । इदगाहभित्र र वीपी चोक बाहिर सडकमा हजारौं मुस्लिम समुदायले सामुहिक नमाज पढेका थिए ।
शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विशेष नमाज पाठ गरेपछि अंगालो हालेर स्थानीयसँग शुभकामना साँटेका थिए । नमाज पाठ गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आर्शिवाद लिने र मिठो खाना खाने मुस्लिम समुदायमा चलन छ ।