मेसीले पेनाल्टी मिस गरे..

मेसीले पेनाल्टी मिस गरे..

मस्को : रुस विश्वकप अन्तर्गत आइसल्याण्डविरुद्धको खेलमा अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले पेनाल्टी मिस गरेका छन् । मेसीले आइसल्याण्डविरुद्धको खेलको ६३ औँ मिनेटमा पाएको पेनाल्टी मिस गरेका हुन् । 

आइसल्याण्डका डिफेन्डरले पेनाल्टी एरियामा लडाएपछि अर्जेन्टिनाले पाएको पेनाल्टीलाई मेसीले मिस गरेका हुन् । खेलमा अग्रता लिनबाट मेसीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना चुकेको छ । मेसीको पेनाल्टीलाई आइस्ल्याण्डका गोलरक्षकले सुन्दर बचाउ गरेका हुन् । 

विश्वकप फुटबल अन्तर्गत शनिबार साँझ भएको खेलको पहिलो हाफमा मेसीको टिम अर्जेन्टिना र विश्वकपमा डेब्यु गरेको आइसल्याण्डले बराबरी खेलेका छन्।  मेसीको टिम अर्जेन्टिनाले खेलको १८ औँ मिनेटमा लिएको अग्रतालाई आइसल्याण्डले २३ औँ मिनेटमा रोकेको हो। 

अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले १८ औं मिनेटमा पहिलो गोल गरेका थिए। अर्जेन्टिनाले गोल गरेको पाँच मिनेटमै आइसल्याण्डले बराबरी गोल गरेको हो। फन्नबोगासनले २३ औँ मिनेटमा आइसल्याण्डका लागि गोल गरेका हुन्। 

आइसल्यान्ड त्यही टोली हो, जसले दुई वर्षअघि आफ्नो ‘डेब्यु’ प्रतियोगिता युरोकपमा सनसनीपूर्ण प्रदर्शन गरेको थियो। समूहगत चरणको पहिलो खेलमै पोर्चुगललाई १–१ को बराबरीमा रोकेको आइसल्यान्डले प्रिक्वार्टरफाइनलमा त इङ्ल्यान्डलाई नै पराजित गरेको थियो। आजको खेलमा समेत आइसल्याण्डले राम्रो खेल प्रदर्शन गरेको छ। 

खेल हेर्दा दोस्रो हाफमा आइसल्यान्डले अर्जेन्टिनाविरुद्ध अप्रत्याशित नतिजा निकाल्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन। त्यो नतिजाले विश्वकपको उपाधि जित्दै पछिल्लो पुस्ताका महान् फुटबलरका रूपमा दर्ज हुने लियोनल मेसीको अन्तिम प्रयासमाथि पनि ठूलो धक्का दिन सक्छ।

क्लब फुटबलमा बार्सिलोनाबाट कुनै पनि कीर्तिमान आफ्नो नाममा ल्याउन बाँकी नछोडेका मेसी उमेर र राष्ट्रिय टोलीबाट निरन्तरको असफलताका कारण सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दैछन्। 

ब्राजिलमा भएको गत २०औं विश्वकपमा उनले नै अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याएका थिए। तर, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित मेसीले देशलाई उपाधि भने दिलाउन सकेनन्। अर्जेन्टिना फाइनलमा जर्मनीसँग १–० गोलले पराजित भएको थियो।

त्यसपछि भएको कोपा अमेरिकी फुटबलको फाइनलमा समेत चिलीसँग पराजित हुँदै उपाधिबाट फेरि वञ्चित हुँदा मेसीले सन्न्यासकै घोषणा गरेका थिए। उनी सन्न्यासको निर्णय फिर्ता लिँदै फेरि राष्ट्रिय टोलीमा फर्किएका हुन्। फेरि पनि आफ्नै अविश्वसनीय प्रदर्शनसँगै उनले अर्जेन्टिनालाई रुस विश्वकपसम्म पुर्‍याएका छन्। 

यद्यपि अर्जेन्टिना यसपटक पनि उपाधिबाट चुकेमा राष्ट्रिय टोलीबाट मेसीको खेलजीवन उपाधिविहीन रहने निश्चित छ।

विश्वकपको उपाधि जित्ने मेसीको अन्तिम प्रयासले सहज बाटो लिन्छ वा आइसल्यान्डले युरोकपको सनसनीपूर्ण प्रदर्शनलाई दोहोर्‍याउँदै मेसीलाई निराश पार्नेछ, यही खेलले टुंगो लगाउनेछ।

आइसल्यान्डले रुस विश्वकप छनोट पक्का गरेपछि खेलिएको पछिल्ला सातमध्ये केवल एक खेलमा जित हात पारेको छ। यी दुई टोलीबीच भने यसअघि कुनै पनि प्रतियोगितामा भेट भएको थिएन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.