आइसल्याण्डसामू मेसी निरिह : अर्जेन्टिना बराबरीमा रोकियो

आइसल्याण्डसामू मेसी निरिह : अर्जेन्टिना बराबरीमा रोकियो

मस्को :  चर्चित स्ट्राइकर लियोनल मेसीले पेनाल्टी सट मिस गरेपछि उपाधि दाबेदार अर्जेन्टिनाले विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा आइसल्यान्डसँग अंक बाँडेको छ। समूह ‘डी’ अन्तर्गत शनिबार भएको पहिलो खेलमा अर्जेन्टिना आइसल्यान्डसँग १-१ गोलको बराबरीमा रोकियो। पहिलो हाफमै १-१ गोलको बराबरीमा सकिएको खेल दोस्रो हाफमा आइसल्यान्डले रक्षात्मक रणनीति अपनाएको थियो।

खेलको अन्तिमम्म अर्जेन्टिनालाई रोक्ने पक्षमा रहेको आइसल्यान्ड अन्ततः सफल बन्यो। पहिलो पटक विश्वकपमा सहभागिता जनाएको आइसल्यान्डले बलियो अर्जेन्टिनालाई रक्षात्मक खेल खेल्दै बलियो टक्कर दिएको हो। समूह डीको पहिलो खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले नै लिएको थियो। १९ औं मिनेटमा सर्जियो एग्युरोले गोलगर्दै अर्जेन्टिनाको उत्साह बढाएका थिए। सर्जियोले डिबस्सभित्र आइसल्यान्डका पाँच रक्षकलाई छल्दै उत्कृष्ट गोल गरेका थिए।

तर, आइसल्यान्डले चारमिनेट लगत्तै अर्जेन्टिनाको कमोर रक्षापंक्तिको फाइदा उठाउँदै बराबरी गोल फर्काएको थियो। आइस्ल्यान्डका लागि २३ औं मिनेटमा अल्फ्रेड फिनबोगासनले गोल गरे। 

बराबरी गोलपछि पूरै समय रक्षात्मक खेल खेलेको आइल्यासविरुद्ध अर्जेन्टिनाले ६४औं मिनेटमा पेनाल्टीको अवसर पायो। आइसल्यान्डका रक्षकले डिबक्सभित्र अर्जेन्टिनी स्टार मेसीलाई लाएपछि पाएको पेनाल्टीमा मेसी आफै चुके। 

मेसीको फितलो पेनाल्टी सुटलाई आइसल्यान्डका गोलरक्षकले सजिलै विफल पारेका थिए। त्यसपछि पनि मेसी लगातार गोलगर्न असफल रहे। मेसीले इन्जुरी समयमा डिबक्स छेउ पाएको फ्रिकिकमा समेत गोल गर्न नसकेपछि अर्जेन्टिना नवप्रवेशी आइसल्यान्डसँग अंक बाँड्न बाध्य बनेको हो। 

आइसल्यान्ड त्यही टोली हो, जसले दुई वर्षअघि आफ्नो ‘डेब्यु’ प्रतियोगिता युरोकपमा सनसनीपूर्ण प्रदर्शन गरेको थियो। समूहगत चरणको पहिलो खेलमै पोर्चुगललाई १-१ को बराबरीमा रोकेको आइसल्यान्डले प्रिक्वार्टरफाइनलमा त इङ्ल्यान्डलाई नै पराजित गरेको थियो। आजको खेलमा समेत आइसल्याण्डले राम्रो खेल प्रदर्शन गरेको हो। 

ब्राजिलमा भएको गत २०औं विश्वकपमा मेसीले नै अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याएका थिए। तर, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित मेसीले देशलाई उपाधि भने दिलाउन सकेनन्। अर्जेन्टिना फाइनलमा जर्मनीसँग १-० गोलले पराजित भएको थियो।

त्यसपछि भएको कोपा अमेरिकी फुटबलको फाइनलमा समेत चिलीसँग पराजित हुँदै उपाधिबाट फेरि वञ्चित हुँदा मेसीले सन्न्यासकै घोषणा गरेका थिए। उनी सन्न्यासको निर्णय फिर्ता लिँदै फेरि राष्ट्रिय टोलीमा फर्किएका हुन्। फेरि पनि आफ्नै अविश्वसनीय प्रदर्शनसँगै उनले अर्जेन्टिनालाई रुस विश्वकपसम्म पुर्‍याएका छन्। 

विश्वकपको उपाधि जित्ने मेसीको अन्तिम प्रयासमा आइसल्याण्डले ठूलो धक्का दिएको छ। अर्जेन्टिनासँगको पहिलो भेटमा अर्जेन्टिनाले समान खेल प्रदर्शन गरेको हो। मेसीले आइसल्याण्डको पोस्टमा दर्जनौ प्रहार गरे पनि गोल भने गर्न सकेनन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.