बालुवाटारमा नेकपा स्थायी समिति: चीन भ्रमणबारे ब्रिफिङ

बालुवाटारमा नेकपा स्थायी समिति: चीन भ्रमणबारे ब्रिफिङ

 काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमणका विषयमा पार्टी बैठकमा ब्रिफिङ गरेका छन्। एकीकृत पार्टी निर्माणपछि पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले चीन भ्रमणका एजेण्डा र हुन लागेको सम्झौताका विषयमा बैठकलाई ब्रिफिङ गरेको स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकारी दिए।

‘प्रधानमन्त्री ५ असारबाट चीन भ्रमणमा जाँदै हुनुहुन्छ। पहिलो स्थायी समिति बैठक भएकोले उहाँले आफ्नो चीन भ्रमणका विषयमा बैठकलाई जानकारी गराउनुभयो’, स्थायी समिति बैठकपछि नेता पोखरेलले अन्नपूर्णसँग भने, ‘भ्रमणले दुई देश बीचको सम्बन्ध थप उचाईमा पुर्‍याउने र भ्रमणमा हुने सम्झौताका विषयमा जानकारी गराउनुभयो।’

पोखरेलका अनुसार प्रधानमन्त्रीले चीन भ्रमणमा उद्योग वाणिज्य, लगानी, कनेक्टेभिटीदेखि नेपाल–चीन बीचको नाका खोल्ने सम्झौता हुँदैछन्।

अर्का स्थायी समिति सदस्य देवेन्द्र पौडेलका अनुसार, प्रधानमन्त्रीले भ्रमणका क्रममा टे«डसँग सम्बन्धित नयाँ टिओटी गर्ने, केही ब्यावसायिक सम्झौता गर्ने, रेलवे, हइवेलगायतमा सम्झौता हुने विषयमा बैठकलाई जानकारी गराएका थिए।

पार्टी विधान तथा नियमावली छलफल, प्रधानमन्त्रीको चीन भ्रमण संसदीय गतिविधि र पार्टी कमिटीका एकताका विषयमा केन्द्रित रहेर स्थायी समिति बैठकमा छलफल भएको थियो।

विधान प्रतिवेदन केन्द्रीय समितिले पारित गरिसकेको सन्र्दभमा अझै त्यसलाई परिमार्जन र परिस्कृत गर्नका लागि १० दिनभित्र अध्ययन गरी सुझाव पेश गर्ने र पुनस्थायी समिति बैठक बसेर पारित गर्ने, बजेटका सन्र्दभमा सम्बन्धित मन्त्रीसँग बसेर समन्य गर्ने जस्ता विषयमा पनि बैठकमा छलफल भएको थियो।

दुई अध्यक्षले बैठकको अध्यक्षता आलोपालो गर्ने विधानको ब्यवस्था भए पनि स्थायी समितिको पहिलो बैठक भने दुवै नेताले संयुक्त रुपमा चलाउने सम्वोधन गर्ने काम भएको पौडेलले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.