लक्ष्यअनुसार राजस्व उठेन
ललितपुुर : ललितपुरका महानगरपालिका र अन्य दुईवटै नगरपालिका लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएका छन् । चालु आवमा महानगरले एक अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, जेठ अन्तिम सातासम्म जम्मा ४७ करोड मात्र राजस्व संकलन भएको छ ।
महानगरपालिकाका राजस्व प्रशासन महाशाखाका प्रमुुख डिल्लीराज शाक्यले असारसम्म ६० करोड उठ्न सक्ने अनुुमान गरिएको बताए । उनले भने, ‘केही ठूला करदाता आवको अन्तिममा करतिर्न आउनसक्ने अनुुमान हाम्रो छ ।’ यसका अतिरिक्त महानगरले विभिन्न लोकप्रिय योजना पनि अघि सारेको थियो । पुुल्चोकदेखि कुुपण्डोलसम्म फ्लाइओभर बनाउने, सोलार जडान गर्ने, ट्राफिक लाइट बनाउने, बुुंगमती बूढानिलकण्ठसम्म मेट्रोरेल चलाउने, सडक धुुलोरहित बनाउनेलगायत योजना पनि महानगरले अघि सारेको थियो । आर्थिक वर्ष २०७३÷७४ मा अनुुमान गरेभन्दा धेरै राजस्व संकलन भएको थियो । ललितपुुरमा सबैभन्दा धेरै राजस्व संकलन भएको वर्ष नै २०७३÷७४ थियो । यस वर्ष ३३ करोड संकलन हुुने अनुुमान लगाए पनि ४२ करोड राजस्व असुली भएको थियो ।
महानगरपालिकाका २९ वटै वडामा अनुुगमन गर्न जाने र ‘अन द स्पट’ व्यवसाय दर्ता गराउने योजना पनि महानगरले अघि सारेको थियो । समयको अभावले यी योजना पारित गर्न नपाइएको शाक्यले बताए ।
ललितपुरका अन्य दुुई नगरपालिकाले पनि लक्ष्यित राजस्व संकलन गर्ने प्रयास असफल भएको छ । महालक्ष्मी नगरपालिकाका प्रमुुख रामेश्वर श्रेष्ठले दुुई करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको भए पनि यस आर्थिक वर्षमा ९६ लाख मात्रै संकलन गर्न सकेको जानकारी दिए । उनले भने, ‘यो रकम एकीकृत सम्पति करबापत मात्रै उठाइएको हो ।’ श्रेष्ठले घरबहाल तथा व्यवसाय कर अहिलेसम्म नलगाएको र अर्को आर्थिक वर्षदेखि न्यून दरमा कर उठाउने लक्ष्य लिएको बताए । कर सचेतना कार्यक्रम ल्याउने लक्ष्य रहेको उनको भनाइ छ । महालक्ष्मी नगरपालिका भौगोलिक हिसाबले सबैभन्दा सानो नगरपालिका भए पनि जनसंख्या धेरै छ । यस नगरपालिकामा १० वटा वडा छन् ।
भौगोलिक हिसाबले जिल्लाको ठूलो नगरपालिका गोदावरी हो । यस नगरपालिकाले चालु आवमा आठ करोड राजस्व उठाउने लक्ष्य लिएको छ । हालसम्म साढे पाँच करोड असुल भइसकेको मेयर गजेन्द्र महर्जनले जानकारी दिए । यस आर्थिक वर्षको अन्तिमसम्म ६ करोड उठन सक्ने उनले बताए । महर्जनले भने,‘थोरै लक्ष्य लिएर धेरै राजस्व संकलन गर्न चाहेको हुुँ ।’
राजस्वको लक्ष्य र संकलन अवस्था (जेठसम्म)
ललितपुुर महानगरपालिका
लक्ष्य: १ अर्ब १६ करोड ।
संकलन: ४७ करोड
गोदाबरी नगरपालिका
लक्ष्य: ८ करोड
संकलन: साढे ५ करोड
महालक्ष्मी नगरपालिका
लक्ष्य: २ करोड
संकलन: ९५ लाख