दूध बिक्रीबाट सिंगो गाउँ आत्मनिर्भर

दूध बिक्रीबाट सिंगो गाउँ आत्मनिर्भर

 म्याङलुङ : तेह्रथुमको लालिगुराँस नगरपालिकाको फुलेकका दिलबहादुर पौडेलले दूध बिक्री गरेर दुई रोपनी जग्गा किने। उनी विगत २० वर्षयता निरन्तर यही पेसामा लागेका छन्।

दूध बेचेर भएको आम्दानीबाट पटकपटक गरी जग्गा जोड्न सकेको बताउँदै पौडेल भन्छन्, ‘काममा निरन्तरको मेहनतकै कारण सफलता मिलेको हो।’

दूध उत्पादनका निम्ति दुई माउ गाई र दुई माउ भैंसी पालेका छन्। ‘दूध बेचेकै आम्दानीले दुई जना भाइलाई विदेश पनि पठाएँ’, भन्छन् ,‘अहिले चिस्यान केन्द्रमा दैनिक १८ लिटरसम्म दूध पु¥याउँछु।’ दूध बिक्रीबाट प्रगति गर्ने अर्का किसान हुन नरबहादुर कार्की। उनले २०५४ बाट पशुपालन र दूध बिक्री गर्न थालका हुन्। त्यसकै आम्दानीबाट १३ रोपनी जग्गा खरिद गरे। तीनवटा लैना गाई घरमा छन्। चिस्यान केन्द्रमा दैनिक १० देखि १५ लिटरसम्म दूध बेच्छन्। अन्य आयस्रोत केही नभएका कार्कीले दूध बेचेरै छोराछोरीलाई उच्च शिक्षासम्म पढाएका छन्। २०४६ सालमा पशु सेवा कार्यालय तेह्रथुमबाट फिल्ड भ्रमणमा जाने अवसर पाएका कार्कीले फिल्डबाट नै उत्प्रेरित भई पशुपालन तथा दुग्ध उत्पादनमा लागेको अनुभव सुनाए।

स्थानीय सोभितबहादुर बस्नेत, लोकेन्द्र बानिँया, अमृत पौडेल, तीर्थबहादुर पौडेल, झमकबहादुर पौडेललगायत किसान दुग्ध उत्पादन तथा बिक्री गर्दै घरको जोहो टार्ने पंक्तिमा पर्छन्। फुलेकका अधिकांश किसान दूध उत्पादन तथा बिक्रीबाट आत्मनिर्भर बन्दै गएका छन्। पहिले पहिले स्थानीय बजारका केही चिया पसलमा दूध बिक्री गर्दै आएका किसान अहिले दूध किनिदिन कोही पसलेको ढोका नढक्ढक्याइ आफ्नै गाउँमा स्थापित चिस्यान केन्द्रमा जम्मा गर्दै आएका छन्।

दूधको कारोबार गर्ने उद्देश्यले गाउँमा स्थापना भएको सार्वजनिक नमुना दुग्ध सहकारी संस्थाले सञ्चालन गरेको केन्द्रमा हिजोआज दैनिक पाँच सय लिटरभन्दा धेरै दूध संकलन हुने गरेको छ। किसानले उत्पादन गरेको दूध सहकारीले सहज रूपमा लिने गरेपछि फुलेकका ३० घर किसानलाई निकै राहत मिलेको हो। हरेक सिकानले दैनिक १२ लिटरसम्म दूध चिस्यानमा जम्मा गर्छन।

२०५१ सालमा स्थापना भएको सार्वजकि नमुना दुग्ध सहकारीले किसानबाट संकलित दूधलाई तीन तीन दिनमा दुग्ध वितरण केन्द्र (डीडीसी) विराटनगर पठाउने व्यवस्था गेको संस्थाका अध्यक्ष प्रेमबहादुर गौतमले जानकारी दिए। अध्यक्ष गौतमका अनुसार सहकारीले दूध संकलनका साथै मासिक वचत,ऋण प्रवाह, बिउबिजन तथा मल खरिद बिक्रीलगायत कार्यसमेत गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.