नारायणगढ-मुग्लिन सडक : पहिरो रोक्न आधुनिक प्रविधि

नारायणगढ-मुग्लिन सडक : पहिरो रोक्न आधुनिक प्रविधि

 भरतपुर : नारायणगढ-मुग्लिन सडकखण्ड स्तरोन्नतिको काम अन्तिम चरणमा आइपुग्दा पहिरो रोकथाम भने चुनौतीको विषय बनेको छ। हिउँदको समयमा समेत सुक्खा पहिरो खसेर बाटो बन्द हुने यो सडकखण्ड स्तरोन्नतिका लागि भित्ता काटेसँगै पहिराको जोखिम झनै बढेको हो। 

मनसुन सक्रिय भइसकेकाले बाटोको पहिलो तहको कालोपत्रे सकिए पनि ढुक्क भएर हिँड्न सक्ने अवस्था छैन। सडक स्तरोन्नतिको कामले अन्तिम रूप लिँदै गर्दा अहिले चौबीसै घण्टा सडक सुचारु गरिएको छ। तर, बाटो राम्रो बनेको देखेर खुसी भएका यात्रु भने अहिले पनि पहिरोको त्रासमा छन्।

अहिले पनि बेलाबेला सानोठूलो पहिरोले गर्दा दैनिकजसो केही समय सडक अवरुद्ध हुँदै आइरहेको छ। सडक आयोजनाले पनि पहिरो रोकथामको प्रयास गरिरहेको छ। यो सडकखण्डमा अहिले फलामे रड गाडेर स-साना ढुंगा तथा गेग्रानलाई छोप्ने (रक नेटिङ) र ठूला चट्टानलाई खस्न नदिन ८ मिटर गहिरो प्वाल पारेर फलामे रड छिराएर कस्ने (रक बोल्टिङ) काम भइरहेको आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए। यो पहिरो रोकथामका लागि फरक प्रविधि हो।

वैशाख १३ गतेबाट सुरु भएको रक नेटिङ र रक बोल्टिङको काम अहिलेसम्ममा ५१ प्रतिशत सम्पन्न भइसकेको उनले बताए। ‘तर, कतिपय स्थानमा भने यो प्रविधिले पनि काम गर्न नसक्ने संकेत देखिएको छ,’ उनले भने, ‘यो सडकखण्डकाको चारकिलोमा बढी जोखिम भएकाले हामीले अपनाएको प्रविधिले पनि काम नहुन सक्छ। तर, प्रयास भने गरिरहेका छौँ। अलि बढी नै जोखिम भएकाले समस्या समाधान नहुन सक्छ।’

विशेष गरी मुग्लिनदेखि कालीखोलासम्मको भाग सबैभन्दा बढी जाखिमयुक्त रहेको उनले बताए। उनका अनुसार अहिले आधुनिक प्रविधिबाट ११ वटा स्थानमा काम भइरहेको छ। चेपाङ डाँडा र कालीखोला क्षेत्रमा बढी जोखिम रहेको उनले जानकारी दिए। ती क्षेत्रमा पनि यी पहरोको अवस्थाअनुसार दुवै प्रविधिमार्फत पहिरो रोक्ने प्रयास भइरहेको उनले बताए। यही असार मसान्तसम्ममा चारकिलो बाहेक अन्य स्थानमा रक नेटिङ र रक बोल्टिङको काम पूरै सकिने उनले दाबी गरे।

 देशकै लाइफलाइनको रूपमा हेरिएको यो सडकमा पूर्णरूपमा पहिरो रोकथाम गर्न सके देशकै नमुना सडक बन्ने सूचना अधिकारी खनालको भनाइ छ। भरतपुरको आँपटारीदेखि मुग्लिनसम्म ३६ किलोमिटर लामो यो सडकखण्डको ३३ दशमलव २ प्रतिशत सडक एसियाली मापदण्डअनुसार निर्माण गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.