एक वर्ष पनि टिकेन कालोपत्रे

एक वर्ष पनि टिकेन कालोपत्रे

ओखलढुंगा : सिद्धिचरण राजमार्गअन्तर्गत हर्कपुर–ओखलढुंगा खण्डको कालोपत्रे एक वर्ष नबित्दै उप्किएको छ । कमसल सामग्री प्रयोग गरी बनाएका कारण कालोपत्रे आधा उप्किइसकेको स्थानीयले बताएका छन् ।

निर्माण कम्पनीले टालटुल गरेर सडक विभागलाई यो खण्ड हस्तान्तरण गरेको थियो । ४२ किलोमिटर सडकखण्डमा अधिकांश भागको कालोपत्रे उप्किएको छ । केत्तुके आसपास कालोपत्रे अत्यधिक उप्किएको छ । तामाङ कन्स्ट्रक्सनले कालोपत्रे गरेको बालेथामबाट लगलगे जंगलसम्मको १० किलोमिटर सडक जीर्ण बनेको छ । सडक भत्किएका कारण यो क्षेत्रमा प्राथमिकताका साथ मर्मत गर्नुपरेको हर्कपुर–ओखलढुंगा सडक आयोजनाका इन्जिनियर विश्वशरण तिमिल्सिनाले बताए ।

विभागले एक वर्षअघि टालटुल पारिएको सडक निर्माण कम्पनीबाट बुझेको थियो । स्थानीयले विरोध गरे पनि ठेकेदार कम्पनी र आयोजनाको मिलेमतोमा भत्किएकै अवस्थामा टालटुल गरेर सडक हस्तान्तरण गरेको जनाइएको छ । यो सडकको अन्य खण्डमा पनि कालोपत्रे उप्किन थालेपछि सडक आयोजना टालटुल गर्न थालिएको छ ।

४२ किलोमिटरमा कालोपत्रेका लागि प्रत्येक १०–१० किलोमिटरको टुक्रा बनाएर ठेक्का लगाइएको थियो । हर्कपुर–ओखलढुंगा खण्डमा चारवटा कम्पनीले ठेक्का पाएका थिए । कालिका रमण जेभी, टुँडी कन्स्ट्रक्सन, तामाङ कन्स्ट्रक्सन र तुँदी नागार्जुन जेभीले हर्कपुर–ओखलढुंगाको सडक कालोपत्रे गरेका हुन् । यसमध्ये तामाङ कन्स्ट्रक्सनले गरेको कालोपत्रे सबैभन्दा बढी उप्किएको जनाइएको छ । एक किलोमिटरबराबर १ करोड लागतमा सडक कालोपत्रेको ठेक्का लागेको थियो । एडीबीको ६० प्रतिशत सहयोग र सरकारको ४० प्रतिशत लगानीमा कालोपत्रे गरिएको थियो । १० वर्ष आयु रहेको भनिएको कालोपत्रे एक वर्ष नबित्दै भत्किए पनि सरोकारवाला सरकारी कार्यालयले चासो दिएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.