नाङपालाको सीमास्तम्भ ढलेर अलपत्र

नाङपालाको सीमास्तम्भ ढलेर अलपत्र

काठमाडौं : सोलुुखुुम्बुुको तिब्बतसँग सीमा जोडिएको नाङपाला क्षेत्रको ६२ नम्बरको सीमास्तम्भ ढलेर वर्षौंदेखि अलपत्र परेको छ । ५ हजार ७ सय मिटरको हिमालको फेदीमा रहेको नाङपालामा रहेको उक्त स्तम्भ जीर्ण अवस्थामा छ ।

स्थलगत अनुुगमनका क्रममा जीर्ण भेटिएकाले तत्काल मर्मत गर्नुुपर्ने अवस्था रहेको सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुुख पदमप्रसाद बजगाईंले बताए । सन् १९६२ मा निर्मित स्तम्भ हाल भुुइँमा लडेको अवस्थामा रहेको उनको भनाइ छ । सीमाबाट दुुई दिनयता मात्र सरकारी उपस्थितिका रूपमा थङबुुचे सीमा प्रहरी चौकी छ । दुुई दिन पैदलपछि सीमाक्षेत्र पुगिन्छ । चीन तर्फबाट नेपाली भूभागमा एकतर्फी सीसी क्यामेरा जडान गरिएको समेत प्रशासनले जानकारी दिएको छ ।

सीमास्तम्भ सुुरक्षित नभए नेपालतर्फका च्छो यूलगायत आधा दर्जन हिमाल चीनतर्फ मोडिने खतरा छ ।

चीनले सेना राखेर एकतर्फी रूपमा सीमाक्षेत्रको सुुरक्षा गरेको छ भने नेपालतर्फ सीमा क्षेत्रमा कुुनै पनि सुुरक्षा निकाय छैन । यो सीमास्तम्भ सुुरक्षित नभए नेपालतर्फका च्छो यूलगायत आधा दर्जन हिमाल चीनतर्फ मोडिने खतरा छ । सीमाक्षेत्रमै उक्त हिमाल पर्ने र सीमास्तम्भ केही दायाँबायाँ हुँदाबित्तिकै उक्त खतराको सम्भावना बढेको हो । यसबारे दुुई सात अघि प्रदेश १ का मुुख्यमन्त्री शेरधन राई नाम्चे आउँदा प्रशासनले जानकारी गराएका छन् ।

नेपालतर्फका बजार टाढा रहेको भन्दै सोलुुखुुम्बुुका स्थानीयले एकीकृत जाँच चौकी, भन्सार राखेर सीमाक्षेत्रलाई खुला गर्न मन्त्रीसँग माग गरेका थिए । नाकाबाट चीनतर्फ ४ किलोमिटरमा ठिंग्री बजार छ भने नेपालतर्फबाट एक दिनको पैदलपछि मात्र मानव बस्ती छन् ।

उत्तरीतर्फका सीमाक्षेत्रमा रहेका स्तम्भको अनुुगमन कम हुुने गरेको छ । केही क्षेत्रमा हिमाललाई आधार मान्ने गरेको र राखिएका स्तम्भ पनि भौगोलिक विकटताले गर्दा दुुरुस्त बनाउन सकिएको छैन ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.