राजकिशोर यादव भन्छन्– सरकार न यता, न उताको भयो
काठमाडौं : सांसद राजकिशोर यादवले सरकार न यता, न उताको भएको बताएका छन्।सरकार अलमलमा परेर बजेट निर्माण गरेको उनले बताए। संघीयता कार्यान्वयनको विकल्प नभएको भन्दै यादवले बजेट तथा मन्त्रालयले कर्मचारीतन्त्रको व्यवस्थापन गर्न नसकेको बताए।‘कर्मचारी व्यवस्थापनबारे बजेट तथा मन्त्रालयले केही बोलेका छैनन्’ उनले भने ।
संविधानको मर्मअनुरुप जाने हो भने संघीयताको विकल्प नभएको भन्दै उनले संघीयता सफल बनाउन सबै तह लाग्नुपर्ने उनले बताए।कर्मचारीलाई सेवासुविधा थपेर भएपनि प्रदेश तथा स्थानीय तहमा आकर्षित तुल्याउनुपर्ने उनको भनाई थियो ।
महिला तथा बालबालिका क्षेत्रमा प्रयाप्त विनियोजन नभएको उनले बताए।त्यस्तै शहरी विकास मन्त्रालयमा पनि आवश्यक बजेट छुट्याउन नसकेको उनले आरोप लगाए। उनले सिराहा जिल्लामा कत्ति पनि बजेट विनियोजन गर्न नसकेको भन्दै दुःख व्यक्त गरे।सिराहामा मेगासिटी तथा व्यवस्थित शहर आवश्यक भएको उनको भनाई थियो ।
संमृद्व नेपाल, सुखी नेपाली भाषणमा मात्र सीमित हुन सक्नेमा उनले चिन्ता व्यक्त गरे।सरकार अधिनायकवादतर्फ उन्मुख भएको उनको भनाई थियो ।
अाज चारवटा मन्त्रालयकाे बजेटबारे छलफल भइरहेके छ ।