प्रेमीका बलात्कार गर्नेलाई ११ वर्ष जेल

प्रेमीका बलात्कार गर्नेलाई ११ वर्ष जेल

राजविराज : १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनका प्रेमीसहित दुईजनालाई अदालतले ११ वर्ष कैद सजायको फैसला गरेको छ।जिल्ला न्यायाधीश लोकजंग शाहको इजलाशले शम्भुनाथ नगरपालिका-६ का १७ वर्षीय किसुनदेव चौधरी र उनका साथी शम्भुनाथ-५ का १८ वर्षीय दिपेन्द्र मण्डललाई जनही ११ वर्ष कैद सजायको फैसला गरेको  हो।

दुबै आरोपितका विरुद्ध प्रहरीमा सामूहिक बलात्कारको उजुरी दिएकी बालिकाले जिल्ला अदालतमा प्रेमी किसुनदेवको पक्षमा बयान परिवर्तन ग‍री दिपेन्द्रले मात्र बलात्कार गरेको आरोप लगाएकी थिइन्। 

तर अदालतले दुबै आरोपितलाई जनही ११ वर्ष कैदसजाय गर्नुका साथै जनही १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ। शम्भुनाथ मन्दिरमा लाग्ने एक महिने मेलाबाट ०७४ जेठ १३ गते फर्किरहेकी बालिकालाई एक्लो पारी उनीहरुले शम्भुनाथ-५ मोहनपुरस्थित विद्यालय नजिक पोखरीको डिलमा लगेर बलात्कार गरेका थिए।

पीडितको उजुरीका आधारमा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरेपछि प्रहरीले दुबै अभियुक्तलाई ०७४ जेठ १४ गते पक्राउ गरेको थियो।

जिल्ला अदालतले ०७४ असार ५ गते आरोपित चौधरीलाई पुरपक्षका लागि राजविराज कारागारमा राखेको र मण्डललाई ३० हजार धरौटीमा रिहा गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.