एकसाथ २१ सह-सचिवको सरुवा (सूचीसहित)

एकसाथ २१ सह-सचिवको सरुवा (सूचीसहित)

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय निकाय र प्रदेशका विभिन्न मन्त्रालयका  २१ सह-सचिवको काज सरुवा गरेको छ। 

 प्रदेश १ को मुख्यमन्त्रीको कार्यालयका सन्तोष श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुह, प्रदेश १ का आन्तरिक मामिला मन्त्रालयका यज्ञबहादुर खत्रीलाई सोही प्रदेशको मुख्य मन्त्रीको कार्यालय, निर्वाचन आयोगका गंगाराम गेलाललाई प्रदेश १ को आन्तरिक तथा कानुन मन्त्रालय, प्रदेश २ का आर्थिक मामिला मन्त्रालयका बिसु केसीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त, प्रदेश २ का आन्तरिक मामिला मन्त्रालयका देवीराम भण्डारीलाई सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ। 

त्यसैगरी प्रदेश २ का सामाजिक विकास मन्त्रालयका किरण रुपाखेतीलाई आर्थिक मामिला मन्त्रालयमा, सामान्यका जगदीश रेग्मीलाई प्रदेश २ को आन्तरिक मामिला मन्त्रालय, प्रदेश ३ का आन्तरिक मामिला मन्त्रालयका बलदेवप्रसाद जोशीलाई प्रदेश १ को मुख्य मन्त्रीको कार्यालय, सामान्यका राजकुमार श्रेष्ठलाई प्रदेश ३ को आन्तरिक मामिला मन्त्रालय, प्रदेश ७ का आन्तरिक मामिला मन्त्रालयका पिताम्बर घिमिरेलाई मुख्य मन्त्रीको कार्यालयमा सरुवा गरिएको छ। 

 सामान्यका शंकर अर्याललाई प्रदेश ७ को आन्तरिक मामिला मन्त्रालयमा, सामान्यकै श्यामराज अधिकारीलाई सामाजिक सुरक्षा कोषको सचिवालयमा, वन तथा वातावरण मन्त्रालयकी लक्ष्मीकुमारी वस्नेतलाई राष्ट्रपतिको कार्यालय, प्रदेश ५ का आन्तरिक मामिला मन्त्रालयका प्रेम प्रसाद भट्टराईलाई प्रदेश सभा सचिवालय, प्रदेशसभा सचिवालयका मान बहादुरलाई आन्तरिक मामिला मन्त्रालय, सूचना तथा सञ्चार प्रविधिका प्रेमकुमार श्रेष्ठलाई वेपत्ता छानबिन आयोग, प्रदेश ३ का आर्थिक मामिलाका वसन्त अधिकारीलाई, प्रदेश ५ को मुख्य मन्त्रीको कार्यालयमा सरुवा गरिएको छ। 

सामान्यका केवल भण्डारीलाई प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा, प्रदेश ३ का भूमि तथा कृषि मन्त्रालयका वंशी शर्मालाई प्रदेश २ को भुमि तथा कृषि मन्त्रालयमा, प्रदेश २ का कृषि मन्त्रालयका विजयचन्द्र झालाई प्रदेश ३ को कृषि मन्त्रालयमा तथा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ। 

त्यसैगरी सामान्य प्रशासन मन्त्रायले वर्षौदेखि  ट्रेड युनियन काजमा रहेका सबै कर्मचारीलाई पनि विभिन्न मन्त्रालयमा सरुवा गरेको सामान्य प्रशासन मन्त्रीका स्वकीय सचिव ओसिम आलमले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.