स्विटजरल्यान्डविरुद्ध कोटिन्होको उत्कृष्ट गोल
काठमाडौँः रसियामा जारी विश्वकप फुटबल प्रतियोगिता अन्रतग उपाधि दाबेदार मानिएको ब्राजिलले स्विटजरल्यान्डविरुद्ध अग्रता लिएको छ ।
ब्राजिलका लागि स्पेनिस क्लब बार्सिलोनाबाट व्यवासयिक फुटबल खेल्दै आएका फिलिपे कोटिन्होले खेलको २० औँ मिनेटमा डी एरियाको केही बाहिरबाट उत्कृष्ट गोल गरेका हुन् ।
काउन्टर एट्याकका क्रममा आएको बललाई उनले सीधै जालीको दिशा देखाएका थिए । खेलको ३३ औँ मिनेट चलिरहँदा समूह ई को खेलमा ब्राजिलले स्विटजरल्यान्डमाथि दबाब बढाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)