ब्राजिलविरुद्ध स्विटजरल्यान्डले गोल फर्कायो

ब्राजिलविरुद्ध स्विटजरल्यान्डले गोल फर्कायो

काठमाडौँः रसियामा जारी विश्कप फुटबल प्रतियोगितामा स्विटजरल्यान्डले उपाधि दाबेदार मानिएको ब्राजिलविरुद्ध गोल फर्काएको छ । स्विटजरल्यान्डका लागि खेलको ५० औँ मिनेटमा स्टेभन जुबेरले हेडबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । 

यसअघि ब्राजिलका लागि स्पेनिस क्लब बार्सिलोनाबाट व्यवासयिक फुटबल खेल्दै आएका फिलिपे कोटिन्होले खेलको २० औँ मिनेटमा डी एरियाको केही बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । 

काउन्टर एट्याकका क्रममा आएको बललाई उनले सीधै जालीको दिशा देखाउँदै उनले अग्रता दिलाएका थिए । अहिले खेलको दोस्रो हाफमा ६३ औँ मिनेट चलिरहँदा समूह ई को खेलमा ब्राजिल र स्विटजरल्यान्ड १-१ गोलको बराबरीमा खेलिरहेका छन् । 


    प्रतिक्रिया दिनुहोस !

    Unity

    working together is no longer optional-it is a matter of compulsion

    Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.