दीपेन्द्र र खगेन्द्र दोस्रो चरणमा

दीपेन्द्र र खगेन्द्र दोस्रो चरणमा

वीरेन्द्रनगर : अन्‍नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशस्तरीय छनोट खेल आइतबारबाट वीरेन्द्रनगरमा सुरु भएको छ ।प्रतियोगिताको पुरुष एकलमा दैलेखका दीपेन्द्र श्रेष्ठ र खगेन्द्रबहादुर सिंहले विजयी सुरुवात गरेका छन् । यसैगरी जाजरकोटका महेन्द्र भदेल, रुकुमका शशिराम रावत, सुर्खेतका खगेन्द्र खत्री र नरेन्द्र बम ठकुरीले पनि आ-आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अघिल्लो चरणमा पुगेका छन् ।

यसैगरी यू-१९ महिला एकलको प्रतिस्पर्धामा सुर्खेतकी सामना भट्टराई र अग्रिमा भण्डारीले जित हात पार्दै अघिल्लो चरणमा स्थान बनाएका छन् ।

पुरुष युगलमा सुर्खेतका टक्कबहादुर शाही र महेशविक्रम सिंहको जोडीले जित हात पारे । आइतबार भएका अधिकांश खेलमा सुर्खेतका खेलाडीको दबदबा कायम राखे । पुरुष युगलमा सुर्खेतकै रवीन्द्र लामिछाने र नाराणय अधिकारी, रुकुमका शशिराम रावत र हरि चन्द, जाजरकोटका डम्मर विष्ट र प्रकाश सिंहको जोडीले पनि जित हात पारे । यसैगरी सुर्खेतका नगेन्द्र थापा र खगेन्द्र खत्री, बलबहादुर हुचिङमगर र रुपसिंह विक, जुम्लाका रोशन श्रेष्ठ र यादव श्रेष्ठ, दैलेखका ललित मल्ल र अर्जुन श्रेष्ठले जित हात पार्दै अघिल्लो चरणमा स्थान बनाए ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले उद्घाटन गरे । उनले अनुशासित र स्वस्थ समाज निर्माणका लागि खेलकुद अत्यावश्यक रहेको बताए ।

प्रतियोगितामा दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला, रुकुम, सल्यान र हुम्लाका एक सय २८ खेलाडीको सहभागिता छ । पुरुष युगलमा ३९, पुरुष एकलमा २२, मिक्स डबल्समा चार, यू-१९ पुरुषमा १२ र यू-१९ महिलामा चारवटा खेल हुनेछन् । प्रदेश स्तरबाट छानिएका खेलाडी काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.