राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल ४ वर्ष र कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईं २ वर्ष
काठमाडौं : गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने प्रक्रिया सुरु भएको छ। कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंको २ वर्षे कार्यकाल हुने भएको छ। राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल ४ वर्ष तय भएको छ। त्यस्तै राष्ट्रियसभा सदस्य कोमल अोलीको कार्यकाल पनि ४ वर्षे तय भएको छ।
गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको २ वर्ष, चार वर्ष र ६ वर्ष पदावधि हुने तय हुनेछ । ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष गोलाप्रथाबाट तय हुनेछ। संघीय संसद भवनको ल्होत्से हलमा साेमबार राष्ट्रियसभा सदस्यहरु वर्णानुक्रम अनुसार गोला तान्न व्यस्त छन् ।