राष्ट्रियसभामा महिला सांसदको कार्यकाल कति ?
काठमाडौँ : राष्ट्रियसभा महिला सदस्यको गोलाप्रथाद्वारा पदावधि तय गरिएको छ। साेमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोलाप्रथाबाट सदस्यहरु बिना पोखरेल, दिलकुमारी रावल,प्रमिला कुमारी, अनिता देवकोटा, दीपा गुरुङ, नन्दा चपाई र इन्दु कडरियालाई छ वर्षको पदावधि तय भएको छ।
त्यस्तै, नैनकला ओझा, शशिकला दाहाल, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली र तारादेवी भट्टको पदावधि चार वर्ष कायम भएको छ।
यसैगरी सदस्यहरु सरिता प्रसार्इं, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ र कमलाकुमारी ओलीको गोलाप्रथा छनोट प्रणालीबाट दुई वर्ष पदाधिकारी कायम भएको छ। राष्ट्रियसभा सदस्य ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष गोलाप्रथाबाट तय हुनेछ।