डीजीले पैसा नदिँदा भैरहवा विमानस्थलको काम रोकियो

डीजीले पैसा नदिँदा भैरहवा विमानस्थलको काम रोकियो

भैरहवा : राष्ट्रिय गौरवको आयोजना रहेको गौतम बुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमले मुआब्जाको रकम अड्काएर राख्दा मुआब्जा नपाएका जग्गाधनीले विमानस्थलको निर्माण कार्य रोकेका हुन्।

केही हप्ता अघि नै मुआब्जा वितरणका लागि अर्थमन्त्रालयबाट ५ अर्ब रुपैयाँ रकम निकासा भइसके पनि प्राधिकरणका  गौतमले उक्त रकम अड्काएर राख्दा मुआब्जा नपाएका जग्गाधनीले विमानस्थलको निर्माण कार्य प्रभावित पारेको बताएका छन्।

जग्ग अधिग्रहण गरेको धेरै समय भएपनि हालसम्म पनि मुआब्जा नपाउँदा स्थानीय आक्रोशित भएका छन्।स्थानीयले विमानस्थलको धावनमार्गको काम पूर्णरुपमा ठप्प पारेका छन् भने आयोजनाको सुरक्षामा निर्माण भइरहेको टर्मिनल भवन, कन्ट्रोल टावरलगायतका निर्माण कार्य सुस्त पारेका छन्।

रनवे संचालित गाडी रोक्न जादै सांसद सन्तोष पाण्डेलगायत । तस्बिर : सलमान खान

धावनमार्गमा स्थानीय जम्मा भएका कारण सोही स्थानमा नदीजन्य पादर्थ डम्पिङ गरिएका कारण धावनमार्गको साथै नदीजन्य पदार्थले हुने विमानस्थलको सम्पूर्ण काम ठप्प छन्। पाँच नम्बर प्रदेशको प्रदेशसभा सदस्य सन्तोष पाण्डेयको नेतृत्वमा विमानस्थलको निर्माण कार्य रोकिएको छ।अन्तर्राष्ट्रिय मापदण्डअनुसार विमानस्थललाई आवश्यक रहेको भन्दा बढी जग्गा अधिग्रहण गर्न खोज्दा स्थानीयले विरोध गरेका हुन्।

जग्गा मूल्यांकन भएको २ महिनाभित्र नै मुआब्जा वितरण गर्ने सहमती भएपनि हालसम्म मुआब्जा वितरण नहुँदा बाध्य भएर निर्माण कार्य रोक्न परेको प्रदेशसभा सदस्य पाण्डेले बताए।

अर्थमन्त्रालयबाट रकम निकासा भइसके पनि भ्रष्टाचार गर्ने मानसिकताले राखिएको रकम तत्काल वितरण हुनुपर्ने उनको भनाई छ।उनले दुई महिनामा मुआब्जा वितरण गर्ने भएको सहमति एक वर्ष भइसक्दा समेत करिब १२ प्रतिशतले मात्र मुआब्जा पाएको बताए।उनले आफूहरुले पटकपटक मुआब्जा वितरणका लागि आग्रह गर्दा समेत मुआब्जा वितरण नहुँदा बाध्यतापूवर्क यो कदम उठाउनु परेको बताए।

उनले निर्माणकार्य रोक्दा आफूलाई समेत दुःख लागेको बताउँदै आवश्यक परेको खण्डमा यस क्षेत्रका सम्पूर्ण जनताले विमानस्थलको निर्माण कार्यमा सहयोग गर्न अग्रसर समेत रहेको बताए। उनले विमानस्थलको कारण १ हजार ७ सय ४० जना घरपरिवार यस क्षेत्रबाट विस्थापित भइरहे पनि मुआब्जा समेत वितरण नगरेर उनीहरुको घाउमा नुन छर्किने काम भइरहेको उनले जनाए। 

रनवेमा रोकिएको डोजर र आन्दोलित स्थानीय। तस्बिर : सलमान खान

साथै उनले आयोजनाले अधिग्रहण नगरेको करिब ५ सय विघा जग्गा समेत रोक्का गरेको कारण जग्गाधनीको सम्पतिको अधिकार समेत खोसेको दावी गरे।उनले विगतमा ३० लाख रुपैयाँबाट लाभकर दिनुपर्ने व्यवस्था रहेपनि अगामी साउनदेखि १० लाख रुपैयाँबाट नै लाभकर दिनुपर्ने हुन लागेको व्यवस्थाको विरोध गरे।

'जग्गा हाम्रो गएको छ, रकम हामीलाई दिनुपर्‍यो कुनै भिक्षा मागेको होइन जग्गधनीको भनाई उद्धृत गर्दै, उनले भने। मुआब्जा वितरण नभएसम्म विमानस्थलको काम सूचारु हुन नदिने भन्दै स्थानीयले अडान लिएर धावनमार्गमा बसेका छन्।

यता निर्माणधिन विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले यस विषयमा माथिल्लो निकायमा जानकारी भइसकेको बताउँदै अर्थमन्त्रालयबाट रकम निकासा भइसकेको कारण अब मुआब्जा वितरणमा ढिलाई नहुने बताए।

उनले भने मुआब्जा नपाएको कारण स्थानीय आक्रोशित भएका छन् तर अब एक दुई दिनमै मुआब्जा वितरण हुने हुँदास मस्या समाधान हुन्छ।करिब २३ अर्ब मुआब्जा वितरण गर्नुपर्ने हालसम्म ६ अर्ब रुपैयाँ मुआब्जा वितरण भएको आयोजनाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.