सुजाताको टिप्पणी : कोइराला परिवार भगवान होइनन्

सुजाताको टिप्पणी : कोइराला परिवार भगवान होइनन्

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधान मन्त्री सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भइसकेको आरोप लगाएकी छन्।

काठमाडौंमा सोमबार भएको कार्यक्रममा नेतृ कोइरालाले सभापति देउवाकै कारण पार्टी कमजोर भएको बताउँदै सक्षम नेतृत्व ल्याउनु पर्नेमा जोड दिएकी छन्। चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजीनामा दिनु नपर्ने तर पराजयको जिम्मेवारी बहन गर्नुपर्ने उनको तर्क छ। 

कोइरालाले भनिन्,‘पद छोड्नै पर्छ भन्ने छैन्, पराजयको जिम्मेवारी लिएर नेता कार्यकर्तामा उत्साह थप्नुपर्छ, गिरिजाले पार्टी हार्दा जिम्मेवारी लिएर उत्साह थप्नुहुन्थ्यो, अहिलेको नेतृत्वले त्यसो गर्न सकेन।’ 

पछिल्लो समय कांग्रेसको संगठन केन्द्रदेखि गाउँसम्म ध्वस्त भएको बताउँदै कांग्रेस नेतृ कोइरालाले सक्षम र राम्रा मान्छेलाई भन्दा आफ्ना मान्छेलाई काखी च्याप्ने गरेको पनि गुनासो पोखिन्।

‘गाउँ–गाउँमा सक्षम कार्यकर्ता छन्, सुतेर बसेकालाई जगाउन सक्ने हो भने कांग्रेस बलियो हुन्छ, फेरि जागेर आउँछ , जगाउन सक्ने नयाँ नेतृत्व चाहिन्छ,’ कोइरालाले भनिन्, ‘पार्टीको तल्लो तहसम्मका नेता कार्यकर्ताको भावना बुझ्न सक्ने नेतृत्व चाहिन्छ , माथि बसेर लाद्ने नेतृत्वले पार्टीलाई असफल बनाउँछ।’ 

नेतृ कोइरालाले महासमितिको बैठक बसेर कांग्रेसको आगामी यात्रा तय गर्नुपर्नेमा जोड दिएकी छिन्। महासमितिको बैठकको भावना अनुसार नेतृत्व चल्न तयार हुनु पर्नेमा उनले सचेत गराइन्।

उनले संसदमा प्रतिपक्षीको भूमिका पनि कांग्रेसले प्रभावकारी रुपमा निभाउन नसकेको कोइरालाको आरोप लगाएकी छन्। पार्टीभित्रका सबै समस्या समाधान गर्न सक्ने सक्षम नेतृत्व अबको आवश्यकता रहेको उनको भनाइ छ। महासमितिको बैठकपछि महाधिवेशनको यात्रा तय गर्नुपर्ने भन्दै उनले भनिन्,‘जसले बिपीको सिद्धान्त अंगाल्न सक्छ उसैलाई नेतृत्वमा ल्याउनुपर्छ।’ 

कोइराला परिवारभित्रबाटै अबको नेतृत्व खोज्ने प्रश्नमा नेतृ कोइरालाले जोसुकै भएपनि कांग्रेसलाई जगाउन सक्ने व्यक्तिले पार्टीको नेतृत्व गर्नु पर्ने बताइन्। ‘सधैँ कोइराला परिवार रहँदैन, कोइराला हुँदैमा सबै राम्रो हुन्छ भन्ने छैन, कोइराला भगवान पनि होइनन्, तर बिपीको सिद्धान्त लागूु गर्न सक्ने व्यक्ति चाहिन्छ,’उनले भनिन्।

पार्टीको नीति, सिद्धान्त र विचारभन्दा बाहिर जान खोज्नेलाई नेतृत्व दिन नहुने उनको तर्क थियो। सबै एकजुट भएर पार्टी सुधारतर्फ केन्द्रित हुन सके उपलब्धि हाँसिल हुनेमा आफू विश्वस्त रहेको नेतृ कोइरालाले बताइन्।

फरक प्रसँगमा उनले नेपालका दुई छिमेकी देश भारत र चीनसँगको सम्बन्ध एकनासले अगाडि बढाउनुपर्नेमा धारणा राखिन्। प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको सन्दर्भमा उनले नेपालको हितमा हुने गरि भ्रमणलाई केन्द्रित गर्न सुझाव दिएकी छन।

उनले भनिन्,‘भारत र चीन दुवै देशबाट नेपालले फाइदा लिनसक्नुपर्छ, दुवैसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ।’ विश्वकै शक्तिशाली अर्थतन्त्र भएको देश चीनबाट नेपालले फाइदा लिनका लागि प्रधानमन्त्रीको भ्रमण सफल हुने कोइरालाले विश्वास व्यक्त गरिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.