नेता प्रकाशमान सिंह भन्छन् : देउवाका आसेपासेका कारण कांग्रेस लथालिङ्ग

नेता प्रकाशमान सिंह भन्छन् :  देउवाका आसेपासेका कारण कांग्रेस लथालिङ्ग

चितवन   : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा नेतृत्वको कडा आलोचना गरेका छन् । चितवनमा सोमबार भएको प्रजातान्त्रिक प्राध्यापक संघ प्रदेश ३ को भेलामा बोल्दै सिंहले देउवाको आलोचना गर्दै भने, ‘एकताको नाटक गरेर आफ्नो गुट घुसाउने अनि एकताको नारा लगाउने ?’

 उनले पार्टीमा सही काम गर्ने र खुरापाती गर्ने एउटै मुल्याङ्कन भएको आरोप  लगाए । नेता सिंहले नेतृत्वको कारण कांग्रेसले जनताको भावना अनुसारको काम गर्न नसकेको बताए । उनले पार्टी संस्थागन हुन नसकेको बताउँदै पार्टीलाई एकजुट भएर लाने मन भएपछि नेतृत्वले सीमा नाघेको भन्दै आपत्ति जनाएका छन् ।

‘एकजुट भएर जान कस्को पो चाहाना छैन र तर हरेका कुराको सीमा हुन्छ, सीमा नाघेपछि मैले बोल्न थालेको हुँ ,’उनले भने,‘ पावर पोलिटिक्स घुसाउने काम पार्टीमा भयो।’ नेता सिंहले पार्टी सभापतिका आसेपासेले गर्दा कांग्रेस लथालिङ्ग भएको आरोप लगाए ।

उनले पार्टी लथालिङ्ग भएको अवस्थामा कम्युनिस्टविरुद्ध लड्न गहे भइरहेको जिकिर गरे । ‘सभापतिका आसेपासेले गर्दा कांग्रेस लथालिङ्ग छ यही अवस्थामा कम्युनिस्टविरुद्ध लड्न सकिन्न’, नेता सिंहले भने ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.