अब नेपालले जापानमा साताको १४ उडान गर्न पाउने
काठमाडौं : नेपालले जापानको हानेडा विमानस्थल बाहेक सबै विमानस्थलमा उडान गर्न पाउने सम्झौता भएको छ ।
जापानमा दुईपक्षिय वार्तामा जापान सरकारले सातामा १४ वटा उडान गर्न पाउने गरी नेपाली वायुयानहरुलाई उडान अनुमति दिने सहमति भएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए ।