नेपाली भूमि चीन विरोधी गतिविधिमा प्रयोग हुन दिन्नौं : प्रधानमन्त्री

नेपाली भूमि चीन विरोधी गतिविधिमा प्रयोग हुन दिन्नौं :  प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एक चीन नीतिमा आफू दृढ रहेको बताए । सोमबार संसदमा सम्बोधन गर्दै ओलीले चीनविरुद्धका कुनै पनि गतिविधि गर्न नदिने दृढता व्यक्त गरेका छन् । उनल नेपाली भूमि प्रयोग गरेर कुनै गतिवधि हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री ओलीले भने,‘हामीले छिमेकीको संवेदनशीलतालाई बुझेका छौं, हामी एक चीन नीतिप्रति प्रतिबद्ध र दृढ छौँ, चीन विरोधी कुनै पनि गतिविधि नेपालको भूमि प्रयोग गरेर हुन दिने छैनौ,’ हामी हाम्रो राष्ट्रिय दृष्टिकोण र अडानमा कायम रही छिमेकीका अरू जायज चासो, चिन्ता र सरोकारलाई सुन्ने छौं ।’ 

चीन लामो समय देखिको पुरानो मित्र हो, जसले हाम्रो सार्वभौमसत्ताको खुलेर सहयोग र समर्थन गर्दै आइरहेको छ भन्दै उनले चीनको सहयोगमा राष्ट्रिय सभागृह, अन्तर्राष्ट्रिय सम्मेलनलगायत अरू ठूला पूर्वाधार निर्माण भइरहको स्मरण गरे  ।  ‘चीन हाम्रो पुरानो मित्र हो। चीनसँगको मित्रता समस्यारहित छ, प्रधानमन्त्रीले भने,उसले सार्वभौमसत्ता भौगोलिक अखण्डतालाई खुलेआम सम्मान गरेको छ।

आफू धेरै विकसित नहुँदा पनि शैक्षिक संस्था, बाटो आदि निर्माणमा सहयोग गरेको छ।’चीन विश्वमै सबल राष्ट्र भएको र उसको प्रभाव विश्वस्तरमा रहेकोले उसको छिमेकी हुनुको नाताले त्यसको फाइदा नेपालले उठाउन सक्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ। चीन र भारतको बजारलाई नेपालले उपयोग गर्न सकेमा नेपालको विकासले तीब्रता पाउने प्रधानमन्त्रीको दावी छ।

प्रधानमन्त्री ओलीले भने, ‘चीन एउटा सुदृढ अर्थतन्त्र, ठूलो जनसंख्या, ठूलो भूभाग र ठूलो सहयोगको भावना भएको सबल राष्ट्र हो, चीनसँग हाम्रा विभिन्न प्रकारका धार्मिक, सामाजिक सम्बन्ध छ, सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको नेपाल र चीनबीचको सम्बन्ध सुमधुर र मित्रवत रहिआएको छ । 

चीन विश्वमै सबल राष्ट्र भएको र उसको प्रभाव विश्वस्तरमा रहेकोले उसको छिमेकी हुनुको नाताले त्यसको फाइदा नेपालले उठाउन सक्नुपर्ने प्रधानमन्त्रीको भनाई छ। चीन र भारतको बजारलाई नेपालले उपयोग गर्न सकेमा नेपालको विकासले तीब्रता पाउने प्रधानमन्त्रीको दावी छ।

प्रधानमन्त्रीको हैसियतमा आफूले पहिलोपटक गरेको चीन भ्रमणका बेला भएका सम्झौतालाई कार्यान्वयन गर्नु आफ्नो प्रमुख प्राथमिकता भएको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.