आजदेखि कांग्रेस सभापति भेला

आजदेखि कांग्रेस सभापति भेला

 हेटौंडा : हेटौंडामा मंगलबार देखि कांग्रेस जिल्ला सभापति भेला सुरु हुँदै छ । हेटौंडास्थित कांग्रेस जिल्ला कार्यसमिति भवनमा सोमबार साँझ बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले मंगलबारदेखि सुरु हुने सभापति भेलालाई प्रभावकारी बनाउने बारेमा छलफल गरेका छन् ।

गत वैशाखमा कांग्रेस केन्द्रीय समितिको बैठकले जिल्ला सभापति भेला र महासमिति बैठक गर्ने निर्णय गरे अनुसार हेटौडामा भेला हुन लागेको हो । तीन दिने जिल्ला सभापति बिहीबार सकिनेछ ।

सभापतिको भेला मुख्य गरी तीन विषयमा छलफल केन्द्रित हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पार्टी संगठन, पार्टी विद्यान र वर्तमान रानीतिक परिस्थिति बारेमा भेलामा जिल्ला सभापतिले जिल्लागत प्रतिवेदन पेश गर्नेछन् ।

मंगलबार बिहान ११ बजे हेटैाँडाको पल्पसा सभा हलमा उद्घाटन हुने सभापति भेलाका लागि जिल्ला सभापति सोमबार साँझ नै हेटौंडा आइसकेका छन् ।

कांग्रेस भित्र तीव्र गुटवन्दी मौलाइरहेको सन्दर्भमा नेतृत्वले जिल्ला सभापति भेलामार्फत् पार्टी भित्र आन्तरिक एकताको समेत सन्देश दिने प्रयास गर्ने बताइएको छ ।

मकवानपुर कांग्रेसका सभापति इन्द्र बानियाका अनुसार पार्टी भित्र देखिएको गुटउपगुट अन्त्यको सन्देशसहित पार्टीलाई आवश्यक नयाँ संरचनामा लैजान विधान संशोधन बारेमा सभापति भेला केन्द्रित गर्ने प्रयास गरिएको छ ।

बुधबार बिहानैदेखि बन्द सत्र सुरु हुने कार्यक्रम छ । बन्द सत्रमा जिल्ला सभापति र केन्द्रीय सदस्य सहभागी हुनेछन् । तीन तहका निर्वाचनमा पराजित भएपछि कांग्रेस भित्र आन्तरिक द्वन्द्व तीव्र भएको छ ।

मकवानपुरका जिल्ला अध्यक्ष बानिया सभापति भेलालाई मिनी महासमितिसँग तुलना गर्छन् ।

उनले भने, ‘यसलाई सानो महासमिति भेलाको रुपमा हामीले लिएका छौं । कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार भदौमा महासमिति बैठक हुँदैछ ।

निर्वाचनपछि पार्टीको पुर्नसंरचना बारेमा तीव्र बहस गरिरहेको कांग्रेसले जिल्ला सभापतिलाई पार्टीको नयाँ संरचना बारेमा जिल्ला तहका सबै निकायसँग छलफल गरी सुझावसहित आउन परिपत्र गरेको थियो ।

उपसभापति विमलेन्द्र निधिका अनुसार पार्टीले राज्यको नयाँ संरचना अनुसार पार्टीलाई रुपान्तरण गर्ने बारेमा जिल्ला सभापतिलाई गाउँदेखि वडासम्म र जिल्लामा रहेका सबै भातृ संगठनदेखि शुभेच्छुक संघ संस्थासँग परामर्श गरी सुझाव संकलन गर्न निर्देशन दिएको थियो ।

उपसभापति निधिले अन्नपूर्णसँग भने, ‘पार्टीको आन्तरिक जीवनमा व्यापक परिर्वतन ल्याउनु पर्ने भएकाले हामीले जिल्ला सभापतिहरूलाई तल्ला सबै तहसँग छलफल गर्न निर्देशन दिएका थियांै ।’

कांग्रेस महासमितिले बनाउने पार्टीको नयाँ विद्यान अनुसार कांग्रेसको पुनर्संरचनाको प्रक्रिया अघि बढ्ने छ । त्यसका लागि सभापतिहरूले भेलामा दिने सुझावलाई पार्टी भित्र महत्वका साथ हेरिएको छ ।

कांग्रेसको हाल जिल्ला, क्षेत्र र गाविस स्तरीय संरचना छ । संघीय संरचनामा जाँदा अब कांग्रेस तथा उसका भ्रातृ संगठन कमिटी केन्द्र, प्रदेश, जिल्ला, गाउँ÷नगर स्तरीय बनाउनु पर्नेछ । प्रदेशिक र स्थानीय तहको संरचनामा पार्टी जाँदा जिल्ला कार्यसमितिको भूमिका के हुने भन्नेमा समेत कांग्रेस भित्र व्यापक चासोपुर्वक हेरिएको छ ।

युवा नेता प्रदीप पौडेलका अनुसार निर्वाचन पछि पार्टी भित्र युवा नेताहरूले उठाइरहेको मुद्दाका स्नदर्भमा सभापति भेलानमा समेत युवा नेताले लविङ गर्ने प्रयास गरिरहेका छन् । हेटांैडामा सोमवार साँझ अन्नपूर्णसँग कुरा गर्दै पौडेलले भने, ‘हामीले केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका ५१ पेजको प्रस्तावलाई सभापति भेलामा समेत बाँड्ने योजना बनाएका छौं।’

वैशाखमा सकिएको निर्वाचन समीक्षाका लागि एक महिना लामो बैठकमा युवा नेताको तर्फबाट गगन थापाले ५१ पृष्ठ लामो दस्तावेज प्रस्तुत गरेका थिए ।

केन्द्रीय कार्यसमितिको बैठकमा झै सभापति शेरबहादुर देउवा तथा उनी इतरका समूह बीचमा सभापति भेलामा ध्रुवीकरण नदेखियोस भन्नेतर्फ पार्टी पदाधिकारी लविङमा लागेका छन् ।

बरिष्ट नेता पौडेल र नेताकृष्णप्रसाद सिटौलासहितको समूहले सभापतिको आलोचनामा भेलालाई केन्द्रित हुनबाट रोक्ने प्रयासमा देउवा निकटका पदाधिकारी सक्रिय छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.