दुःखै दुःखमा महालक्ष्मी नगरपालिका

दुःखै दुःखमा महालक्ष्मी नगरपालिका

ललितपुर : काम विशेषले महालक्ष्मी नगरपालिका पुग्दा कुन कार्यालय कता छ भनेर एकछिन अलमल पर्नु स्वाभाविकजस्तै छ । नगरपालिकाका मेयर एउटा भवनमा बस्छन् । प्रशासनिक काम अर्को भवनबाट हुन्छ । शिक्षा, स्वास्थ्य, कृषिलगायतका कार्यालय पनि टाढाटाढा छन् । छरिएका कार्यालयमा सेवाग्राही अलमल परिरहेका भेटिन्छन् ।

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ भाडामा नगरपालिका चलाइरहनुपरेकोमा दिक्क लागेको बताउँछन् । ‘कार्यालय व्यवस्थित गर्न खोजिरहेको छु । तर, जग्गा मिलेको छैन’, उनले भने । हाल भाडामा बसिरहेका कार्यालयको मासिक एक लाख ३० हजार तिर्दै आएको श्रेष्ठले बताए । ‘तीनतिर काम भइरहेको छ । त्यसैले सजिलो छैन’, उनले भने । जग्गा खरिदका लागि निकै लागिपरिरहेको भए पनि अहिलेसम्म यकिन हुन नसकेको उनी बताउँछन् ।

कार्यालय स्थापना गर्न टीकाथलीको चिहानडाँडावरिपरि तथा लुभु एरियामा खुला ठाउँ खोजिरहेको पनि उनले जानकारी दिए । जग्गा खरिदका लागि नगरपालिका आफैंले स्रोत जुटाउनुपर्छ । सरकारले भवन बनाउन मात्रै सहयोग गर्ने भएकाले नगरपालिकाले सार्वजनिक जग्गा खोजिरहेको छ । महालक्ष्मी नगरपालिका भौगोलिक रूपमा सानो पनि छ । तर, जनघनत्वका दृष्टिले भने ठूलो छ । यहाँ १० वटा वडा छन् ।

गोदावरीको पनि समस्या उस्तै

यता, ललितपुरकै अर्को गोदावरी नगरपालिकाको हालत पनि उस्तै छ । मासिक डेढ लाख रुपैयाँ भाडा तिर्दै आएको यो नगरपालिकाले कार्यालय निर्माणका लागि ६ महिनाअघि जग्गा तय गरिसकेको थियो । तर, निर्माण भने अहिलेसम्म सुरु गर्न सकेको छैन ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बज्रबाराही मन्दिरको पश्चिम गेटको ठीक अगाडि झन्डै ६ रोपनी जग्गा भवन निर्माणका लागि उपलब्ध भएको जानकारी दिए । ‘डीपीआर र डिजाइन तयार गरिएको छ’, उनले भने । विद्यालयको जग्गा नगपालिकाले लिएर डीपीआर तथा डिजाइन तयार गरिएको हो । ‘अब केही दिनमा टेन्डर निस्कन्छ’, महर्जनले जानकारी दिए । गोदावरी नगरपालिकामा भने एउटै भवनबाट सबै प्रशासनिक काम चालु छन् ।


मेयरको ‘डिजिटल’ मोह

 महालक्ष्मी नगरपालिकामा १५ वटा सरकारी विद्यालय छन् । चार वटा स्वास्थ्यचौकी छन् । प्राथमिक स्वास्थ्यचौकी (पीएससी) हरूमा यसअघि नै डिजिटल हाजिरी प्रणाली लागू भइसकेको छ । सबै विद्यालय र स्वास्थ्यचौकीमा पनि यो प्रणाली लागू गर्ने नगरप्रमुख श्रेष्ठको चाहना छ ।

आफ्नो कार्यकाललाई शिक्षा र स्वास्थ्यमा देखिने खालको परिवर्तन ल्याउन चाहेको उल्लेख गर्दै प्रमुख श्रेष्ठले भने, ‘सोही परिवर्तनका लागि निरन्तर प्रधानाध्यापक एवं अभिभावकसँग छलफल गर्दै आएको छु ।’

पुरानो शैक्षिक प्रणालीले खासै रोजगारी उत्पादन गर्न नसकेका कारण आफ्नो नगरपालिकाले प्राविधिक शिक्षालाई जोड दिएको भनाइ श्रेष्ठको छ । रोजगारी सिर्जना गर्न नगरपालिकाले प्राविधिक शिक्षालाई जोड दि नगरपालिकाभित्रका दुई वटा विद्यालयलाई सिभिल इन्जिनियरिङ अध्ययनका लागि अनुमति प्रदान गरिएको उनले जानकारी दिए ।

‘नगरपालिका आफैंले प्राविधिक विद्यालय चलाउन चाहेको छ । त्यसका लागि जग्गा खोजिरहेको छांै’, उनले भने । यो नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या उच्च छ । ‘स्वास्थ्य क्षेत्रमा पनि देखिने गरी परिवर्तन महसुस गराउने आफ्नो चाहना छ’, उनले ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.