सहपाठी बाबुराम लेख्छन् : प्रिय उपेन्द्र, तिम्रो जय होस्

सहपाठी बाबुराम लेख्छन् : प्रिय उपेन्द्र, तिम्रो जय होस्

काठमाडौं : प्रख्यात न्युरो सर्जन प्राध्यापक डा. उपेन्द्र देवकोटाप्रति उनका सहपाठी पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।  १० देखि १८ वर्षको किशोरावस्थामा सहपाठी हुँदाका अनुभूति स्मरण गरिरहेको भन्दै बाबुरामले उपेन्द्रप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

‘आज अन्तिम पटक तिम्रो भौतिक शरीरसँग विदा लिँदा मेरा मनमष्तिष्कमा हामी दुवैजना १० देखि १८ वर्षको किशोरावस्थामा सहपाठी हुँदाका अत्यन्त भावमय अनुभूतिको स्मरण गरिरहेछु’, बाबुरामले लेखेका छन्, ‘तिमी जस्तो मेधावी र बहुप्रतिभासम्पन्न सहपाठीसँगको प्रतिस्पर्धापूर्ण सहकार्य र सहयात्राले आफ्नो जीवनमा ठूलो योगदान पुर्याएकोमा गर्वको अनुभूति गर्दैछु  तिमीप्रति अन्तरहृदयैदेखि कृतज्ञता व्यक्त गर्दछु।’

मंगलबार बिहान न्युरो अस्पताल बाँसबारीमा पुगेर देवकोटाप्रति अन्तिम श्रद्धाञ्जलि दिएका बाबुरामले उनले देश र समाजको उन्नतिमा सकारात्मक योगदान पुर्याएको भन्दै प्रशंसा गरेका छन्। ‘हाम्रो सम्बन्धबारे थुप्रै सार्वजनिक जिज्ञासा र चासो (केही भ्रम पनि) रहे पनि त्यसले हामी दुवैको विकासमा र अन्ततः देश र समाजको उन्नतिमा सकारात्मक योगदान पुर्याएको मान्दछु’, बाबुरामले लेखेका छन्, ‘हाम्रो स्वस्थ प्रतिस्पर्धा एक अर्कालाई तल तान्ने भन्दा पनि एक अर्का भन्दा अघि बढ्ने वा माथि उठ्ने प्रकृतिको थियो र त्यसैले सबैलाई लाभ पुर्याएको थियो भन्ने ठान्दछु। यसबारे कसैले थप अनुमानको खेती नगरून् भन्ने पनि आग्रह गर्दछु।’

डा. देवकोटाको जीवन अत्यन्त सफल भएको उल्लेख गर्दै बाबुरामले एउटा मान्छेको छोटो जीवनमा गर्नुपर्ने काम उनले गरेको उल्लेख गरेका छन्। ‘तिम्रो जीवन अत्यन्त सफल छ। तिमी अमर भएका छौँ। एउटा मान्छेको छोटो जीवन कालखण्डमा समाज, देश र मानवजातिलाई गर्नुपर्ने र गर्नसक्ने काम तिमीले गरेकाछौँ’, बाबुरामले अन्तिममा लेखेका छन्, ‘ तिम्रो सहपाठी र समकालीन सहयात्री सबै तिमीप्रति गौरवान्वित छौं, आभारी छौं, ऋणी छौं। तिम्रो जय होस्।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.