देउवा भन्छन् : एउटा लडाइं हारेका छौं, मैदान हारेका छैनौं

देउवा भन्छन् : एउटा लडाइं हारेका छौं, मैदान हारेका छैनौं

हेटौडा  :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एउटा निर्वाचन हार्दैमा कांग्रेस नहार्ने बताएका छन् । हेटौडामा जिल्ला सभापतिको  भेलालाई सम्बोधन सभापति देउवाले भने,‘हामीले एउटा लडाइं हारेका छौ ,मैदान हारेका छैनौ ।'

सभापति देउवाले संविधानका आधारभूत तत्व वा मूल विशेषताहरु नेपाली कांग्रेसका आदर्शबाट निर्देशित  भएको दावी गरे । ‘संविधानको सफल कार्यान्वयनपनि हामीले नै गरेका छौ , यस अर्थमा हाम्रो विचार जितेको छ ,’उनले भने,‘म साथीहरुलाई कमजोर मानसिकता होइन उच्च मनोबलका साथ अगाडि बढ्न आव्हान गर्दछु ।’ 

उनले कतिपय पार्टीका नेता अतिरंजित र अशोभनिय ढंगले प्रस्तुत भएको भन्दै रोष प्रकट गरेका छन् । देउवाले मुलुक थप संकटमा परेको बताए । उनले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नहुने बताए ।

कम्युनिस्ट लोकतन्त्रवादी हुन सक्दछन भन्ने भ्रम बाघ साकाहारी हुन्छ भन्ने जत्तिकै हो,’सभापति देउवाले भने,सरकार सर्वसत्तावादी चरित्रतर्फ उन्मुख छ , गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेका छन । मूल्यबृद्धिले जनता आक्रान्त छन ।’ उनले सरकारको व्यवहार भाषणमा संघीयता र काममा कम्युनिस्टको जनवादी केन्द्रीयतातर्फ उन्मुख भएको बताए ।

 कांग्रेस सभापति देउवाले केपी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिवर्तन भएको  आरोप लगाए । उनले संविधानको संरक्षण गर्ने, देशलाई कम्युनिस्टको अधिनायकवादबाट जोगाउने जिम्मेवारीपनि  कांग्रेसका काधमा आएको बताए । 

उनले संविधानको संरक्षण गरी देशलाई शान्ति र प्रगतिको बाटोमा लैजाने लक्ष्य कांग्रेस भएको बताउँदै भने,‘ कांग्रेसले सबै ठाउँमा जिम्मेवार तथा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । ‘एकताबद्ध, संगठित र व्यवस्थित कांग्रेसलेनै यी जिम्मेवारी बहन गर्न सक्दछ । यस बारेमा म स्वयं गम्भीर छु र सबै नेता साथीहरुलाई गम्भीर हुन आग्रह गर्दछु ,’ सभापति देउवाले भने ।

उनले संघीयताका आधारमा पार्टीको नयाँ संरचना तयार पार्न  विधानलाई समसामयीक परिवर्तन गर्नु आवश्यक रहेको बताए । उनले चाँडै विधान संशोधन समिति गठन गरी विधान संशोधन गरिने बताए । पार्टीको विभागहरु गठन गर्ने, महासमितिको बैठकबाट विधान संशोधन गर्ने काम चाडै गरिने बताए ।

 उनले कांग्रेसको पराजय र कम्युनिस्टको एकीकरणले चुनौती थपिएको बताए ।  सभापति देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रण समेत गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.