कसरी भयो पत्रकार राजवंशीको निधन ?

कसरी भयो पत्रकार राजवंशीको निधन ?

नेपालगन्ज : नेपालगन्जकी पत्रकार अनुपमा राजवंशी (श्रेष्ठ) को निधन भएको छ । सोमबार राती साढे नौ बजे सुर्खेत रोडस्थित सिग्नेट इन कृष्णा होटलमा आयोजित पुल पार्टीकै क्रममा बेहोस् भइ लडेपछि तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारार्थ लगेपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राजेन्द्र अर्यालले जानकारी दिए ।

 अनुपमाका पति सन्दिप श्रेष्ठले ‘ब्लड प्रेसर लो’ भएको प्रहरीलाई जानकारी दिएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । पोस्ट्मार्टम रिपोर्ट नआएसम्म केही भन्न नसकिने डिएसपी अर्यालले बताए ।  खजुरा गाउँपालिका–३ निवासी २४ वर्षीया राजवंशी नेपालगन्जको स्थानीय टेलिभिजन बागेश्वरीमा समाचार प्रस्तोताका रुपमा कार्यरत थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.