नारायणी अञ्चल अस्पतालको स्तरोन्नति गर्दैछौं : स्वास्थ्यमन्त्री यादव

नारायणी अञ्चल अस्पतालको स्तरोन्नति गर्दैछौं : स्वास्थ्यमन्त्री यादव

वीरगन्ज : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मंगलबार वीरगन्जस्थित नारायणी अञ्चल अस्पतालको निरीक्षण गरेका छन् । निरीक्षणपछि मन्तब्य राख्दै स्वास्थ्य मन्त्री यादवले देशकै पुरानो अञ्चल अस्पताल भएपनि समयानुसार आवश्यक भौतिक संरचना र उपकरणको व्यवस्था नहुँदा सेवाप्रवाह प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गरे । 

विरामीको बढ्दो चाप, अपर्याप्त जनशक्ति र भौतिक संरचना चुस्तदुरुस्त नहुँदा नारायणी अञ्चल अस्पतालले ब्यहोर्दै आएको समस्याप्रति आफू गम्भीर रहेको पनि स्वास्थ्यमन्त्री यादवको भनाइ छ ।  मन्त्री यादवले चाँडै नै नारायणी अञ्चल अस्पतालको स्तरोन्नती गरिने जानकारी दिए ।

 स्वास्थ्य क्षेत्रमा नयाँ स्वास्थ्य नीति र नयाँ स्वास्थ्य कार्यक्रम तर्जुमा गर्ने तयारी भइरहेको जनाएका स्वास्थ्य मन्त्री यादवले नारायणी अञ्चल अस्पतालबाट थप सेवा सुविधा उपलब्ध गराउन भएकै संरचनालाई व्यवस्थित गर्ने र नयाँ संरचनाहरु खडा गर्नु अपरिहार्य भइसकेको पनि बताए ।

उनले नारायणी अञ्चल अस्पताल जनसंख्याको चाप अनुसार साँघुरो भइसकेको भन्दै अस्पतालको विकासका लागि वैकल्पिक ठाउँको आवश्यकता पनि औंल्याए । स्वास्थ्यमन्त्री यादवले अस्पतालमा भएका सिमित उपकरण र ल्याबका बाबजुद पनि स्वास्थ्यकर्मीले उच्चतम सेवा पुर्याइरहेको भन्दै प्रशंसा पनि गरेका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.