कांग्रेस जिल्ला सभापतिको भेलामा बन्द सत्र सुरु

कांग्रेस जिल्ला सभापतिको भेलामा बन्द सत्र सुरु

हेटौंडा : कांग्रेस जिल्ला सभापतिहरूको भेलामा बुधबार बिहानदेखि बन्द सत्र सुरु भएको छ। हेटौंडास्थित पल्पसा हलमा मंगलबारदेखि सुरु भएको भेलामा आज जिल्ला सभापतिहरूले प्रदेशगत समूहमा छलफल गरी आआफ्ना निष्कर्ष भेलामा सुनाउने कार्यक्रम छ। 

त्यसका लागि बन्दसत्रमा प्रदेशगत हिसाबमा सातवटा समूह बनाइएको छ। हरेक प्रदेशभित्रका जिल्ला सभापतिहरूले छलफल गरी पार्टी नेतृत्वसमक्ष आआफ्ना निष्कर्षहरू सुनाउने तयारी छ।

कांग्रेसका नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले ५१ पृष्ठ लामो प्रतिवेदन भेलामा बाँडेका छन्। यी नेताहरूले यसअघि नै केन्द्रीय सिमितिमा पेश गरेको यो प्रतिवेदन जिल्ला सभापतिहरूले पनि उठाइदिउन् भन्ने उद्देश्य राखेको भेलाका सहभागीले बताएका छन्।

बन्द सत्र चलिरहँदा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, संसदीय दलका उपनेता विजय गच्छदार, महामन्त्रीद्वय सशांक कोइराला र पूर्णबहादुर खड्का तथा नेता प्रकाशशरण महत मञ्चमा देखिएका छन्। 

कतिपय नेता भने बन्दसत्र छोडेर काठमाडौं फर्किएको भेलाका सहभागीले बताएका छन्। भेला बिहीबारसम्म चल्नेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.