चार मिनेटमै मोरक्कोविरुद्ध रोनाल्डोले गरे गोल

चार मिनेटमै मोरक्कोविरुद्ध रोनाल्डोले गरे गोल

मस्को : पोर्चुगलका किष्टियानो रोनाल्डोले खेल सुरु भएको चार मिनेटमै मोरक्कोविरुद्ध पहिलो गोल गरेका छन् । फ्रिकिकलाई रोनाल्डोले हेडमार्फत् गोल गरेका हुन् । 

रुस विश्वकपको समूह ‘बी’को आफ्नो दोस्रो खेलमा युरोकप च्याम्पियन पोर्चुगलले सानदार सुरुवात गरेको हो । अफ्रिकी टोली मोरक्कोलाई खेलको सुरुमै पोर्चुगलले स्तब्ध पारेको हो । 

मोरक्को र पोर्चुगलबीच एउटा गज्जबको संयोग छ। मोरक्कोले रुससहित पाँचवटा विश्वकप फुटबलमा गरी १४ खेल खेल्दा केवल दुई खेलमा जित हात पारेको छ। 

दुईमध्ये पहिलो जित पोर्चुगलविरुद्ध दर्ता छ। सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा पोर्चुगलविरुद्ध आफ्नो टोलीले जित हात पार्दा मोरक्कोको वर्तमान टोलीका अधिकांश खेलाडी दुई वा तीन वर्षका मात्रै थिए। 

त्यसताका मोरक्कोले पोर्चुगललाई ३–१ ले पराजित गरेको थियो। अहिले समय फेरिएको छ। पोर्चुगललाई मोरक्कोले पराजित गर्दा एक वर्षका रोनाल्डो अहिले विश्वप्रद्धि फुटबलमध्ये एक नम्बरमा पर्छन्। ३२ वर्ष अघिको पोर्चुगल र मोरक्कोको इतिहासलाई रोनाल्डोले उल्टाउने देखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.