बलियो आक्रमणविरुद्ध दरिलो रक्षापंक्ति

बलियो आक्रमणविरुद्ध दरिलो रक्षापंक्ति

मस्को : रुस विश्वकपको समूह ‘बी’को आफ्नो दोस्रो खेलमा युरोकप च्याम्पियन पोर्चुगलले अफ्रिकी टोली मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण छ । अघिल्लो खेलमा उपाधिको दाबेदार मानिएको स्पेनसँग ३-३ गोलको बराबरीको नतिजा निकालेको पोर्चुगलका लागि प्रिक्वार्टरफाइनलको सम्भावना बलियो बनाउन मोरक्कोविरुद्ध जित आवश्यक छ । पराजयले क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलको अन्तिम १६ को यात्रा अप्ठ्यारोमा पर्नेछ ।

अघिल्लो खेलमा आत्मघाती गोलले इरानसँग पराजित भएको मोरक्कोका लागि पनि प्रतियोगितामा टिकिरहन जितको अझ बढी आवश्यकता छ । पोर्चुगलसँग पनि पराजित भएमा मोरक्को प्रतियोगिताबाटै बाहिरिने पक्का छ । त्यसैले मंगलबारको खेलमा यी दुवै टोलीको एकमात्र लक्ष्य जित हुनेछ । त्यो लक्ष्य प्राप्त गर्न अपनाउने तरिका भने फरक हुने निश्चित छ ।

रोनाल्डोजस्ता सशक्त स्ट्राइकर भएको पोर्चुगलले मोरक्कोविरुद्ध पक्कै पनि आक्रामक खेल खेल्नेछ । अनि बलियो रक्षापंक्ति मानिएको मोरक्कोले पोर्चुगललाई रोक्न आफ्नो त्यही हतियार प्रयोग गर्नेछ । मोरक्कोको रक्षापंक्ति यति बलियो छ कि उसले रुस विश्वकपका लागि भएको अफ्रिकी छनोटमा केवल एक गोल खाएको थियो । मोरक्कोले इरानविरुद्ध पनि आत्मघाती गोलमा मात्रै पराजय बेहोरेको हो ।

त्यसैले स्पेनविरुद्ध ऐतिहासिक ह्याट्रिक गरेका रोनाल्डोलाई रोक्न मोरक्कोले आफ्नो रक्षापंक्तिमा विशेष योजना बनाएको हुनुपर्छ । रोनाल्डोले स्पेनविरुद्ध अघिल्लो साता आफ्नो व्यक्तिगत र विश्वकप इतिहासमा ५१औं ह्याट्रिक गोल गरेका थिए । उनी त्यससँगै विश्वकप फुटबलको लगातार चार संस्करणमा गोल गर्ने पनि केवल चौथो खेलाडी बनेका छन् ।

मोरक्को र पोर्चुगलबीच एउटा गज्जबको संयोग पनि परेको छ । मोरक्कोले रुससहित पाँचवटा विश्वकप फुटबलमा गरी १४ खेल खेल्दा केवल दुई खेलमा जित हात पारेको छ । त्यही दुईमध्ये पहिलो जित पोर्चुगलविरुद्ध दर्ता छ । सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा पोर्चुगलविरुद्ध आफ्नो टोलीले जित हात पार्दा मोरक्कोको वर्तमान टोलीका अधिकांश खेलाडी दुई वा तीन वर्षका मात्रै थिए।

मोरक्कोले यसपटक पनि आफ्नो त्यही इतिहास दोहोर्‍याउने प्रयास गर्नेछ । यद्यपि अहिलेको अवस्था निकै फरक छ । दुई वर्षअघि युरोकपको उपाधि जितेयता पोर्चुगल अझ सशक्त टोलीका रूपमा देखिएको छ । पोर्चुगिज टोलीमा समावेश युवा खेलाडीले पनि उच्च स्तरको प्रदर्शन गर्दै आएका छन् । त्यसैले खेलअघि मोरक्कोविरुद्ध पोर्चुगल बलियो देखिएको छ ।

विगतमा दुई टोली

कुल खेल : १

पोर्चुगल विजयी : ०

मोरक्को विजयी : १

बराबरी : ०

पोर्चुगल

विश्वकप सहभागिता : सातौंपटक

उपलब्धि : तेस्रो स्थान (सन् १९६६)

फिफा वरीयता : ४

मोरक्को

विश्वकप सहभागिता : पाँचौंपटक

उपलब्धि : प्रिक्वार्टरफाइनल

फिफा वरीयता : ४१


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.