होटलमा प्रेमी प्रेमिकाले गरे आत्महत्या !

होटलमा प्रेमी प्रेमिकाले गरे आत्महत्या !

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नंखेलको बाँसबारीस्थित गारनिस होटलमा एक जोडी प्रेमीप्रेमिकाले आत्महत्या गरेका छन् ।मंगलबार दिउँसो ४ बजे होटल आएर कोठा नम्बर २०३ पसेकोमा बुधबार करिब २ बजेसम्म पनि ढोका नखुलेपछि मात्रै उक्त जोडीले आत्महत्या गरेको खुलासा भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बुधबार करिब २ बजे होटल सञ्चालकले मंगलबार पसेको जोडीको कोठाको ढोका नखुलेको खबर गरेपछि त्यहाँ पुगेको प्रहरीले ढोका फोडी हेर्दा उक्त जोडी मृत अवस्थामा फेला परेको थियो ।

परिसरले भक्तपुर नगरपालिका ३ दरबार क्षेत्रका ३० वर्षीय जीवन त्वायना र दोलखाको बोच गाउँपालिका ८ का २२ वर्षीया मुन्नी  मुन्नी तामाङ होटलको कोठामा मृत फेला परेको जनाएको हो ।परिसरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले मुन्नी खाटमा रगताम्य मृत अवस्था र जीवन कोठाभित्रको बाथरुमको सावरमा प्लास्टिकको कम्मर पेटीको पासो लगाई झुण्डिएको अवस्थमा फेला परेको बताए ।

होटल सञ्चालकले खबर गरेपछि महानगरीय प्रहरी वृत्त जगातीका वरिष्ठ प्रहरी अधिकृतको टोली घटनास्थल पुगेको थियो । होटलको कोठामा भित्रबाट चुकुल लगाइएकाले प्रहरीले कानुनअनुसार ढोका फोड्नुपरेको थियो ।त्यस्तै कोठाभित्रको बाथरुममा समेत चुकुल लगाइएको जगाती वृत्तका प्रमुख नायब प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

उक्त घटनाको अवस्था हेर्दा प्रेमिका मुन्नीको हत्यापछि जीवनले बाथरुमभित्र आत्महत्या गरेको देखिने उनी बताउँछन् । तर जीवनले आत्महत्या गरेको सहन नसकेपछि मुन्नीले पनि आत्महत्या गरेको हुनसक्ने उनको भनाइ छ । घटनास्थलमा सिसाका टुक्राहरु बरामद भएका छन् ।

‘होटलको कोठामा मात्रै होइन, बाथरुमको ढोकामा समेत चुकुल लगाइएको थियो’, प्रहरी नायब उपरीक्षक श्रेष्ठले भने, ‘मुन्नी लडेको खाटभरि रगतैरगत थियो । बाथरुमभित्र चुकुल लगाएर जीवन झुण्डिएको अवस्थामा भेटिए ।’उनका अनुसार जीवन र मुन्नी एकअर्कालाई माया गर्ने उनीहरुका परिवारले स्वीकार गरेका छन् । उनीहरुको मायाप्रेमबारे परिवारलाई समेत जानकारी रहेको उनले बताए ।

परिवारले उनीहरुको मायाप्रेममा कुनै बाधा व्यवधान नगरेकोसमेत सुनाएको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक श्रेष्ठले सुनाए ।‘दुवैको घरपरिवारलाई उनीहरुको मायाप्रेमबारे जानकारी थियो ।

उनीहरुको मायाप्रेममा दुवैको घरपरिवारबाट कुनै अस्वीकार र बाधा व्यवधान नहालेको परिवार बताउँछन्’, उनले थपे, ‘यस्तो अवस्थामा जीवन र मुन्नीले यो बाटो किन रोजे भन्नेबारे उनीहरुका घरपरिवार आश्चर्यमा छन् । अहिले उनीहरु शोकमा छन् ।’

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । जीवन र मुन्नीको शव पोस्टमार्टमको लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको जगाती वृत्तले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.