बुधबार ताप्लेजुङ केन्द्र भएर लागातार दुई भूकम्प
काठमाडौं : बुधबार ताप्लेजुङ केन्द्रबिन्दु भएर ६ मिनेटको फरकमा दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरे अनुसार बिहान ९ बजेर ५४ मिनेट र १० बजे गरेर लगातार दुई पकटक भूकम्प गएको हो।
९ बजेर ५४ मिनेटमा ४ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो भने ठिक १० बजे दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पको धक्का ताप्लेजुङ, पाँचरलगायत क्षेत्रमा महसुस भए पनि क्षतिको कुनै विवरण आएको छैन।